काक चेष्टा वको ध्यानं स्वाननिन्द्रा तथैवच।
अल्पहारी गृहत्यागी विद्यार्थी पञ्च लक्षणम्। ।
काग कालो रङ्गको एक चरा हो। यसलाई हिन्दी ,नेपाली लगायतका भाषाहरूमा “ कौवा “ र अङ्ग्रेजीमा अचयध पनि भनिन्छ । कागलाई संस्कृतमा “ काकः ÷वायस “ भनिन्छ।
कागसंग सम्बन्धि लौकिक, साहित्यिक, सास्कृतिक एवम् शास्त्रीय विविध सन्दर्भ र मान्यता रही आएका छन ।
तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ। कागलाई सबै चराहरूको बिचमा चतुर र चलाख पंक्षी मानिन्छ।
शास्त्रीय मतहरू अनुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक चराको रूपमा मानिन्छ ।कागका गतिविधि, आवाज तथा अवस्थितिका आधारमा शकुन अपशकुनको निर्धारण हुने कुरा प्राचीन विद्वानहरूका मत रहेका छन र त्यसै गरी विभिन्न समुदायमा लोक विश्वास स्थापित भयेका छन ।
कागहरू धेरै प्रजातीका हुन्छन्। हाम्रो मुलुकमा दुई थरिका कागहरू प्रायः भेटिएका छन्, कालो काग र माले काग( मलकौव्वा)।
कागको एउटा आँखा मात्र हुन्छ। यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ। हिन्दू मान्यताका अनुसार कागलाई विभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ।
कागको मासु नखाने मान्यता भये पनि केही जीर्ण रोगहरूमा कागको आलो रगत र कलेजो खाएमा रोग निको हुने विश्वास गरिन्छ ।साथै कागहरु नेपाल लगायतका धेरै देशहरूमा पाईन्छन।
कसैलाई चलाख र चतुर भन्नु पर्यो भने ’कस्तो काग रहेछ भनिन्छ भने उस्तै रङको कोयली “ कागभन्दा कोइली चङ्ख “ पनि भनिन्छ।माथि शिरानमा उल्लेखित नीति वचनले सिकारूमा कागको जस्तो हरेक कोणबाट नियाल्ने र सहज प्राप्तिको दिशामा प्रयत्न हुनु पर्ने संकेत गर्दछ।
काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन कागको पूजा गर्ने गरिन्छ ।
काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ ।
३कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रियभक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द र क्रिया कागसँगै सम्बन्धित छन् ।
कागका सम्बन्धमा विभिन्न धार्मिक कथन रहदै आएको छ । वैदिक सनातन धर्मशास्त्रमा कागलाई यमदूत मानिन्छ। काग कराउनुलाई ‘शुभ’ र ‘अशुभ’को संकेत मान्ने गरेको छ,तर केही व्यक्तिहरू अध्ययन नै नगरि अशुभका कारक काग ,बिरालो सर्प आदि मान्ने अनि तिनकै पुजा गर्नै द्वैधवादी हाम्रो समाज भनेर आलोचना र भ्रम मात्रै छर्न पल्केका छन । समय,काल परिस्थिति, अवस्थिति अनुरूप सकारात्मक र नकारात्मक पक्ष जे सुकैमा हुन्छ नै ।त्यसलाई कुन रूपमा लिने भन्ने कुरा हेर्ने र बिश्लेषण गर्ने ब्यक्तिको दृष्टिकोणले निर्धारण गर्दछ।
कागलाई सन्देश प्रवाहक प्राणीको रुपमा लिईन्छ । कागको बोली अनुसार शुभ र अशुभ हुने लोक विश्वास हो । पूर्वोत्तर दिशा तथा हरियो वृक्षमा काग बोल्दा शुभबोली मानिन्छ। केही सन्देश या पाहुना आउने जनाउका समाजमा लिने चलन अझै पनि रहेको छ ।
“ कालि चिडिया बामदिशि बोलै तो शुभकार “
कौवा बायाँतिर बोले शुभ हुन्छ। कागलाई शुभबोल–शुभबोल या सरबस कौव्वा सरबस भनेर शुभ भाव व्यक्त गरिन्छ।
दक्षिण दिशा , सुकेको रूखमा , पीठ पछाडी वा कर्कस बोली भये अशुभ मानिन्छ ।
काग दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । दिएको खानेकुरा खाएर प्रशन्न भयेर यमदण्डरुपी संकटबाट मूक्ति दिलाउ भनेर निम्न प्रार्थना गर्नुपर्ने उल्लेख पाइन्छ।
कागोऽसि यमदूतोऽसि वायोसोऽसि माहामते ।
ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङ्कटात् ।।
धर्मशास्त्रहरुका अनुसार यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ ।
तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ । प्रकृति पुजक अवस्थाबाटै लाभकारी जेसुकैको पनि सम्मान गर्ने परम्पराको निरन्तरताको एउटा उदाहरण काग पुजाका रूपमा लिइन्छ। सुदूरपश्चिम र कुमाउँमा त झनै विशिष्ट रूपमा कागलाई लिदै माघे सङ्क्रान्तिमा “ कौव्वाको बाणो वा दहीअक्षेता “ दिने परम्परा रहेको छ।
नेपालमा तराईदेखि हिमालसम्म कम्तीमा पाँच प्रजातिको कागहरु अभिलेख गरिएको छ । विश्वमा भने ४० प्रजातिको काग पाइन्छ । नेपालका हिमाली भेगमा पाइने भोटे काग १० देखि १५ बर्षसम्म बाँच्न सक्छ । काग एक अनौठो पंक्षी हो । कागका सम्बन्धमा अनेकन रोचक तथ्यहरू रहेको बिभिन्न अध्ययनहरूले देखाउछ ।
काग निकै चलाख पंक्षी मानिन्छ । यसको मस्तिष्कको संरचना पनि करिब मान्छेको जसरी बनेको हुन्छ भनिएको छ । अरु पंक्षीको तुलनामा कागको स्मरणशक्ति राम्रो मानिन्छ । कागले मान्छेले झै नक्कल गर्न सक्छ ।
“ किम् न खादति वायस “ काग सर्वहारी पंक्षी भयेकाले यसले जे पनि खान्छ । मासु, सिनो, अन्न सबैकुरा खान्छ । त्यसैले पनि यो दुर्लभ वा लोपोन्मुख छैन । कागको फ्लोरेज प्रजातिबाहेक सबै कागहरु संकटविहीन अवस्थामा छन् भनिन्छ र यीनको पाचन प्रणाली पनि मजबुद हुन्छ ।
३ विश्वको सबैजसो स्थानमा अन्टार्कटिकाबाहेक महादेशमा कागको पाइन्छन । गाउँ, सहर ,बन जङ्गल सबै तिर काग विचरण गर्दछन्।
३ कागको जेठो सन्तानले आफ्ना आमाबुवाका अन्य सन्तानलाई हुर्काउनका लागि सहयोग गर्छ ।
कागले जीवनकालभर एउटैसँग मात्र सम्बन्ध गाँस्छ । अर्थात एउटासँग मात्र जोडी बाँध्छ । एउटैसँग यौन सम्पर्क गर्छ । कागले २ देखि ४ बर्षको उमेरमा यौन सम्पर्क राख्ने गर्छ । कागले अन्डा कोरलेपछि भाले र पोथी आलोपालो गरेर ओथरा बस्छ ।
कागले आफ्नो साधरण आवाज बाहेक पनि अलग भाषामा कुरा गर्छ । अक्सर कुनैपनि खतराको संकेत गर्दा उनीहरु यस्तो भाषा प्रयोग गर्छन् ।
कुनै काग मर्दा वा सङ्कट आइपर्दा अरू कागले त्यहाँ कुनै खतरा छ वा छैन भन्नका लागि परीक्षण गर्छन् ।
कागले मान्छेको अनुहार पहिचान गर्न सक्छ तर कोयलीको अण्डा पहिचान गर्न नसक्दा कोयलीको बच्चा पनि हुर्काउछ भनिन्छ। बासस्थान पनि निश्चित हुन्छ र मौसमी पूर्वानुमान गरेर गुँड बनाउछ।
मेक्सिकोको बैना जे यस संसारमा पाइने सबैभन्दा सानो प्रजातिको काग हो, जसको तौल केवल ४० ग्राम हुन्छ ।नेपालमा पाइने कालो कौव्वा मलकौव्वा भन्दा ठूलो हुन्छ। मल्कौव्वाको स्वर अनुस्वार युक्त हुन्छ।
कागलाई चालु प्रवृत्तिका मानिन्छ । कागमा बदलाको भावना लामो समयसम्म रहिरहन्छ ।संकट पर्दा यिने बिशेष आवाज निकालेर अरू कौव्वा बोलाउछन। गुँड र बच्चा संरक्षणका लागि आक्रामक हुन्छन।
काग संसारमा धेरै पहिलेदेखि अस्तित्वमा रहेको पाइन्छ ।
कागले २ सय ५० थरीसम्म आवाज निकाल्न सक्छ ।
कहिँकतै सेता काग पनि देखा पर्छन। पूर्वोत्तर एसियाका जापान, चीन र कोरियामा तीन खुट्टे कागबारेका अनेकन किम्बदन्ती रहेको पाइन्छ ।
कागले बेलाबखत बिरामी वा घाइते कागलाई ठुँगेर मार्ने गर्छ । कागको यस्तो समूहलाई ज्यानमारा भनिन्छ । आफ्नो आहाराको लागि किरा फट्याङ्ग्रा बाहेक अरू चराका अण्डा तथा बच्चा कागले खाइदिन्छन्।
धेरैका लागि काग कालो रङको प्रतीक हुन्छ ।बोलिचालीमा कौव्वाजसो ÷जति कालो भनिन्छ सेतो काग भेटिँदा मानिसहरू अचम्ममा पर्छन।
अल्बनिज्मका कारणले लाखौ मध्ये केही थोरै प्राणीमा अल्वबाइनोका लक्षण हुन्छन सेतो भएको अल्बनिजमका कारणले होइन। अल्बनिजमबारे चर्चा गर्नुअघि हाम्रो रङ केले निर्धारण गर्छ
हाम्रो छालाको एउटा भाग, जसलाई इपिडर्मिस भनिन्छ त्यहाँ मेलानोसाइट (ःभबिलयअथतभक) नामको कोषले मेलानिन (ःभबिलष्ल) रस उत्पादन गर्छ ।मेलानिनक अभाव हुने त्यस्तो अवस्थालाई अल्बनिजम भनिन्छ।
३अल्बनिजम विभिन्न किसिमको हुन्छ, जुन उत्परिवर्तनको प्रकार र आनुवंशिक उत्तराधिकारले निर्धारण गर्छ।आमाबुवा दुबैबाट परिवर्तित जिन पाएको खन्डमा अल्बनिजम देखिन्छ।
काग र मानवबिच लामो समयदेखिको पारस्परिक सम्बन्ध रहेको पाइन्छ। सामान्यतः खेलमा अन्न गेडागुडी खाइदिने बैला र कर्कस बोली बाहेक काग लाई नराम्रो मानिदैन। कागको बिष्टा लाई पनि शुभ अशुभका रूपमा लिइन्छ।
“आश्रयस्थो यदा काको बिष्टा सम्पद्यते यदि।
क्षिरवृक्षसमारूढोस्तस्य सिद्धि रनेकधा––––––।।“
बासस्थानमा वा हरियो रूखमा बसेको कागले बिष्टा गरेको शुभ, सुको रूखबाट गरेको अशुभ मानिन्छ भने काक बिष्टा शरीरका फरक फरक अंगमा परेको फल पनि फरक फरक हुने बताइन्छ।
पर्यावरणीय दृष्टिकोणबाट पनि कागको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ। फोहर खाएर सफा गरी दिने मात्रै होइन बिभिन्न विरूवाहरूको बीज प्रसारणमा पनि यसले भूमिका निर्वाह गर्दै आएको छ। कागका गतिविधिहरूको आधारमा हावाहुरी, भारी वर्षात जस्ता प्राकृतिक प्रकोपको आँकलन गर्न सकिन्छ, कागले अग्लो रूखको टुप्पा तिर गुँड बनाए यस्ता प्रकोप कम हुने संकेतका रूपमा लिने गरिन्छ।
सामान्यतः काग लोपोन्मुख चरा नमानिए तापनि वर्तमानमा बढदो बिषादिको प्रयोग, बिभिन्न रसायनहरूको उत्सर्जन, बढ्दो एनाल्जेसिक औषधी प्रयोग, जङ्कफूड र प्लास्टिकको प्रयोग तथा वन विनासले कागको जीवनमा नराम्रो प्रभाव पर्ने निश्चित छ ।










Discussion about this post