सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पेट ढुस्स र गडबड भएमा के गर्ने ?

कञ्चनपुर : चाडपर्वमा मीठोमसिनो खानाले धेरैको पेट खराब भएको हुनसक्छ । खासगरी तारेको, भुटेको, मसालेदार खानेकुरा पेटमा सहजै पच्दैन । यस्ता खानेकुराले पेट गडबड हुन्छ । ढुस्स हुने, पखाला लाग्ने, ग्याँस भरिने जस्ता समस्या हुन्छ । खानपानको कारण पेटमा के कस्ता समस्या हुन्छ ? त्यसको उपचार विधि के हो ?

चाडपर्वको खानपानले ग्यास्ट्रिक
ग्यास्ट्रिक हुने मुख्य कारण भनेको खराब खानपान नै हो । तनाव, चिन्ता र केही औषधिको सेवनले पनि ग्यास्ट्रिकको समस्या देखापर्छ । अझ चाडपर्वको बेला बढी चिल्लो पिरो खानाले त झन् ग्यास्ट्रिकको समस्या निम्ताउने सम्भावना बढी हुन्छ । चाडबाडको बेला खाना खाने समय पनि मिलेको हुँदैन ।

समयमा खाना नखाँदा र चिल्लो पिरो खानेकुरा बढी खाँदा ग्यास्ट्रिकको समस्या देखा पर्छ ।
ग्यास्ट्रिकको जटिलता

ग्यास्ट्रिक भएमा सामान्य समस्यादेखि लिएर धेरै जटिल समस्या देखा पर्न सक्छ । धेरै चिल्लो पिरो खानाको सेवनले हाम्रो आन्द्रामा असर गर्नुको साथै बढी एसिड उत्पादन गरेर आन्द्रामा घाउ नै हुन सक्छ ।

Mahakali Polytechnic

ग्यास्ट्रिकको कारण पेट फुल्ने, वाकवाक लाग्ने, ढ्याउ आउने, पेट पोल्ने, पेटमा घाउ हुने र आन्द्रा प्वाल परेर इन्फेक्सन हुने, अल्सर हुने र क्यान्सर नै पनि हुन सक्छ ।

World Link Ads

उपचार के छ ?

Sana Kishan

ग्यास्ट्रिक भएर के गर्ने भन्दा पनि ग्यास्ट्रिक नै हुन नदिन के गर्ने भन्ने कुरा बढी महत्त्वपूर्ण हो । त्यसैले ग्यास्ट्रिक हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्छ । तारेको, भुटेको धेरै चिल्लो खानेकुरा खानु हुँदैन, समयमा खाना खानुपर्छ ।

ग्यास्ट्रिक भएको छ भने प्रशस्त मात्रामा पानी पिउने । जंक फुड, प्याकेट फुड नखाने, घरमै बनेको खानेकुरा खाने । ल्वाङ, सौफ र पाकेको केराको सेवन पनि गर्न सकिन्छ । ल्वाङ सौफ र केराले ग्यास्ट्रिक समस्या कम गर्न सक्छ । डाक्टरको सल्लाह लिएर एन्टासिडको झोल पनि सेवन गर्न सकिन्छ ।

अस्पताल जानुपर्ने स्थिति

चाडपर्वको बेलामा ग्यास्ट्रिकको समस्या लिएर धेरै बिरामी अस्पताल आउने गर्छन् । पहिलेदेखि नै ग्यास्ट्रिकको समस्या भएकाले यस्तो बेला झन् चिल्लो, पिरो र मसालेदार खानेकुराको सेवन गर्छन् र पेट दुखेर गम्भीर भएर अस्पताल आइपुग्छन् । इमरजेन्सीमा बढी मात्रामा आउने बिरामी ग्यास्ट्रिकको समस्या लिएर नै आएका हुन्छन् ।

पेटको दीर्घकालीन समस्या

चाडपर्वको खानपानले हुने ग्यास्ट्रिकको असर दीर्घकालसम्म पनि रहन्छ । कुनै पनि रोग लागेपछि त्यसको उपचार नगरेको खण्डमा त्यो झन् जटिल हुँदै जान्छ । चाडपर्वको बेलामा धेरै चिल्लो पिरो खानेकुरा खाएर ग्यास्ट्रिक भयो र आन्द्रामा घाउ भयो भने त्यो बढ्दै गएर अल्सर र क्यान्सर समेत हुन सक्छ ।

कस्तो खानपान गर्ने ?

ग्यास्ट्रिकको समस्या कम गर्न सन्तुलित भोजन गर्नुपर्छ । धेरैबेर भोकै नबसी समय–समयमा केही न केही खाइरहनुपर्छ । बढी नुन, अजिनोमोटो भएको, पोलेको खानेकुरा खानु हुँदैन । रक्सी, चुरोट नखाने र खानामा हरियो सागसब्जी र फलफूललाई बढी मात्रामा समावेश गरे यो समस्या बिस्तारै कम हुँदै जान्छ ।

ग्यास्ट्रिक भएकाहरूले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । सागपात र फलफूल प्रशस्त मात्रामा खाने रेसायुक्त खानेकुरा खानुपर्छ । चिल्लो पिरो कम भएको खानेकुरा र घरमै बनेको खानेकुरा खानुपर्छ । धेरै तातो खानेकुरा पनि खानु हुँदैन । चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ ।

मदिरा र कोल्ड ड्रिंकको असर

मदिरा र कोल्ड ड्रिंकको सेवनले पनि ग्यास्ट्रिकको समस्या हुन सक्छ । पेटमा एसिडको मात्रा बढाएर ग्यास्ट्रिकको समस्या ल्याउने भएकाले मदिरा र कोल्ड ड्रिंक सेवन नगर्नु राम्रो हुन्छ ।

(जनरल फिजिसियन डा। शाक्यसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित) अनलाईन खबरबाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds