कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सत्ताधारी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारको टुङगो लागेको छ । क्षेत्र १मा संघ तर्फ माओवादी र प्रदेश तर्फ नेपाली काँग्रेसले पाएको छ ।
प्रतिनिधी सभा सदस्य उम्मेदवारमा यस अघि नै नेकपा माओवादीले पोलिट्ब्यूरो सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगरलाई अघि सारेको थियो । माओवादी केन्द्रले समेत मगरकै नाममा टिकट दिने निर्णय गरेको छ ।
काँग्रेसले प्रदेश १९क०बाट बन्धु राना र १९ख०मा दिवान सिह विष्टलाई टिकट दिएको छ । संविधान सभा सदस्य समेत रहेका काँग्रेस नेता विष्ट संघमा एकल सिफारिस भएका थिए । विष्टलार्ई मुख्यमन्त्री दिने सर्तमा संघमा एकल सिफारिस भएपनि अन्तत प्रदेशका चुनाव लड्न तयार भएका छन । राना निवर्तमान काँग्रेस कञ्चनपुर उपसभापति हुन । बाम गठबन्धनका तीनै उम्मेदवारलाई बलियो रुपमा हेरिएको छ ।
०७०को दोस्रो संविधान सभा सदस्य र ०७४ को प्रतिनिधी सभा सदस्य निर्वाचन काँग्रेस नेता विष्ट र माओवादी नेतृ मगर प्रतिस्पर्धी थिए । ०७०मा काँग्रेस नेता विष्ट र ०७४मा मगर निर्वाचित भएका थिए । दुई पटकका निर्वाचनमा प्रतिस्पर्धी रहेका मगर र विष्ट यस पटक निर्वाचनमा एक अर्काका सहयोगी बनेर चुनावी मैदानमा उत्रिएका छन । गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनले ४७ हजार ४३३ मत ल्याएका थिए । काँग्रेंस नेता दिवान सिह विष्टले केही बेरमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउने बताउँदै बाम लोकतान्त्रिक गठबन्धन मिलेर चुनाव परिमाण लिने बताए ।जनसरोकार पोस्टबाट सभार









Discussion about this post