कञ्चनपुर : बैतडीमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सोमबार जिल्लाको गोकुलेश्वरबाट देहीमाण्डौं आउँदै गरेको अनटेस्ट अटो महाकाली राजमार्ग अन्तर्गत बैतडीको बसालीमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक धनसिंह थलाल, डिलाशैनी गाउँपालिका-६ का ५० वर्षीय वीरसिंह खत्री, उनकी श्रीमती ४५ वर्षीया अम्मरा खत्री, सोही ठाउँकी १३ वर्षीया संगिता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीया धनपति थलाल र ९ वर्षीय जनक थलाल घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

तीव्र गतिमा रहेको अटो सडकमा भएको खाल्डोमा परेर अनियन्त्रित भई सडकबाट करीब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । अटोमा सवार सबैजना निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा हेर्नका लागि आउँदै गरेका प्रहरीले बताएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।









Discussion about this post