Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्तको तिलाचौरमा रामलीला महोत्सव शुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १५, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिका ८ तिलाचौर पहिलो पटक रामलीला महोत्सव शुरु भएको छ । कञ्चनपुर रामलीला समिति र रामलीला संञ्चालन मुल आयोजक समितिको आयोजनामा रामलीला महोत्सव संचालन भएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले रामलीलाको उद्घाटन गरेका छन । रामलिला उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले धर्म संस्कृति संरक्षण, सुशासनका लागि महोत्सवलाई त्यतातिर लैजानुपर्नेमा जोडदिए ।

तिलाचौरगाँउ स्थित त्रिभुवन माध्यामिक विद्यालयको प्राङगणमा भगवान राचन्द्रको जिवनमा आधारित रामलीला महोत्सव संचालन भएको छ । रामलीला संचालन मुल आयोजक समितिका अध्यक्ष भुपाल सिह विष्टले महोत्सव शुरु भएको बताए ।

‘हामीले गाँउमा पहिलो पटक रामलीला महोत्सव संचालन गर्न लागेका छौँ, ‘अध्यक्ष विष्टले भने, ‘यसमा सबै क्षेत्रको सहयोग आवश्यक छ ।’ रामलीला संचालन मुल आयोजक समितिका सचिव भगिरथ पाण्डेले सुदूरपश्चिमेलीको भाषा, धर्म, लोक संस्कृति संरक्षणका साथै समाजलाई सुसंस्कृत बनाउने उदेश्यले महोत्सव संचालन गर्न लागेको बताए ।

‘आधुनिकतासंगै हाम्रो मुल धर्म संस्कृति संस्कार हराउँदै गएको छ, ‘उनले भने, ‘समाजिक मुल्य मान्यताका साथै पुर्बिय चिन्तनको विकास गराउँनुपर्छ ।’ रामलीला महोत्सवका निर्देशन तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा।भुपेन्द्र सिह विष्टले नेपाली तथा सुदूरपश्चिमेली भाषामा महोत्सव मञ्चन गरिने बताए ।

‘हामीले महिला र पुरुषको भूमिकामा महिला÷पुरुष नै कलाकार तयार गरेका छौँ, ‘निर्देशक विष्टले भने, ‘यहाँ कुनै विभेद छैन ।’ रामलीला महोत्सवबाट सत्यको सदैव विजयी हुने मान्यतालाई पुष्टी गर्ने बताए ।

कञ्चनपुर रामलीला समितिका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले सुदूरपश्चिमेलीको मुल धर्म, लोक संस्कृति संस्कारको प्रर्बद्धन एव पंचार प्रसारसंगै आपसी भाईचाराको भावना जागृत गराउने उदेश्यका लागि महोत्सव आयोजना गरिएको बताए ।

‘पछिल्ला बर्षहरुमा समाजमा भाईचार, आपसी बेमेलको अवस्था सृजना भईरहेको छ, ‘अध्यक्ष चन्दले भने, ‘समाजमा भाईचाराको भावना जागृत गराउने मुल उदेश्य हो ।’ कञ्चनपुर रामलीला समितिले नै कलाकारको तयारी गरेको बताउँदै उनले केही नयाँ र केही पुराना कालाकार रहेको बताए ।

कञ्चनपुर रामलीला समितिका महासचिव नरेन्द्रराज जोशीले ऐतिहासिक रामलीला महोत्सवमा सरोकारवाला क्षेत्रबाट आवश्यक सहयोग हुनुपर्नेमा जोडदिए । ‘जिल्लाको उत्तरी भेगमा यस अघि हल्दुखाल क्षेत्रमा रामलीला महोत्सव भएको थियो, ‘महासचिव जोशीले भने, ‘अहिले तिलाचौरमा भईरहेको छ, यो हाम्रा लागि सौभाग्य हो ।’

भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रले यस अघि बजार क्षेत्रमा हुने रामलीला महोत्सव गाँउमै हुन लागेको बताए । ‘विगतका बर्षहरुमा रामलीला महोत्सव बजारमा हुनेथिए, ‘अध्यक्ष मिश्रले भने, ‘आजभोली गाँउमै हुन लागेका छन, यो खुसीको कुरा हो ।’

वडाध्यक्ष मिश्रले वडाबाट महोत्सव सफल पार्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धा जाहेर गर्नुभयो । तिलाचौर क्षेत्र धार्मिक रुपमै ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले रामलीला महोत्सवसंगै थप उचाईमा पृुग्ने अपेक्षा गरिएको छ । रामलीला महोत्सव २३ असोजसम्म संचालन हुनेछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व