कञ्चनपुर – जिल्लामा सर्पको टोकाइबाट एक किशोरी मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका १० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको हो।
त्यस्तै, आमा गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो। शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ। गोदावरी न्युज बाट साभार









Discussion about this post