बैतडीमा बञ्चरो प्रहार गरेर बुवाको हत्या गरेका छोरा कारागार चलान भएका छन् ।
जिल्लाकोे डिलाशैनी गाउँपालिका ५ सेराका २२ वर्षीय लोकराज जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।
उनले आफ्ना ६८ बर्षीय बुवा अन्तराम जोशीलाई गएको साउन १३ गते बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ । उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले घटनाको अनुसन्धान सकेर जोशीलाई अदालतमा पेस गरेपछि उनलाई कारागार पठाइएको हो । गोदावरी न्युज बाट सभार