नहुदा नि भएझै लाग्थ्यो मेरो घर अचम्मको
भिडमा नि एक्लो हुन्छु यो सहर अचम्मको
विश्वासको व्यापार गर्छन् यात्राका सहयात्री
हिड्दै गए टाढिदै गयो यो सफर अचम्मको
आफै घोच्छन र दिल गुनासो दुखेको गर्छन्
दुखे नि खुसी लाग्छ प्रेमको समर अचम्मको
मेरो बर्बादी हो जान्दाजान्दै किन झुम्मिन्छ
भगवान कसम यो तिम्रो कलेवर अचम्मको
त्यसैले म तिम्रो नजिकबाट हिड्न डराउछु
हेर्दैमा यो दिल छियाछिया नजर अचम्मको
https://youtu.be/HfHkYuqKBaM









Discussion about this post