Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पञ्चाङ्ग व्यबस्था र नववर्षको परम्परा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जगन्नाथ आत्रेय, महेन्द्रनगर
समय निरन्तर चलिरहने प्रक्रिया हो। स्थान, समय,परिवेश ,व्यवस्था, सहजता/अवस्था अनुसार यसलाई मापन/ गणना गरिन्छ र व्यबहारमा प्रयोग गरिन्छ। समय गणनाको मानव जीवनसंग घनिष्टतम सम्बन्ध कायम भयेको हुन्छ ।#मानब व्यवहारका धर्म संस्कृति, सामाजिक, धार्मिक एवम् अन्य काम क्रियाकलापहरू क्यालेण्डर /पात्रो/पञ्चाङ्गसंग जोडिएका हुन्छन्।धर्म/संस्कृति तथा समुदाय अनुरूप समय व्यवस्था फरक हुन्छन्। अक्षांश/ देशान्तरको आधारमा ठाउँ अनुसार सूर्योदय, लग्नोदय तथा पञ्चाङ्गका समय मान फरक फरक हुन्छन। वैश्विकरण ( globalization)अन्धानुकरणले वैज्ञानिकता हुँदा हुदै पनि कैयौ पक्षहरू छाडदै गयेको हाम्रो समाज उताकै ठिक हो भन्ने भ्रममा पर्दै गयेको छ। हाम्रा अग्रजहरूका गहन खोजबाट सम्पादित ज्ञान विज्ञानमा युरोप अमेरिकाका अध्येताहरू चासो बढाउदै गरेको बेला हामी कुन दिशामा जादै छौ प्रश्न उठ्छ।
जस्तो ” क्यालेण्डर ” ग्रिगोरियन मतको समय गणना विधि र मूलतः क्रिश्चियन धर्म मत अनुप्राणित हुन्छ ।
#हिन्दु वैदिक परम्परा र ज्योतिषी विज्ञानको पञ्चाङ्गलाई ग्रिगोरियन क्यालेण्डर सापेक्ष तुलना गर्न सकिदैन। पञ्चाङ्गको अर्थ क्यालेण्डर हुन सक्दैन। हजारौ बर्षदेखि विद्वानहरूको सोधखोज र उच्चतम खगोलिय अध्ययनको परिणाम हो पञ्चाङ्ग। यसका बिसद् पक्ष र उपयोग क्षेत्र छन । गणितिय र वैदिक विज्ञानको परिगणनाबाट पञ्चाङ्ग निस्पत्ति हुन्छ। प्रमाणित बिभिन्न ज्योतिषिय सिद्धान्तबाट निष्पन्न ५ वटा अङ्ग पञ्चाङ्ग हो ।देश या स्थान भेद अनुसार पञ्चाङ्ग व्यवस्था कायम हुन्छ।
#हाम्रो परम्परा र ज्ञानको परख नगरेरै हामी सास्कृतिक उपनिवेश र दासता उन्मुख भै रहेछौ । यहाको ज्ञान विज्ञान र पहिचानमाथि नै संकटको अवस्थाबाट अघि बढन खोजिरहेछौ कि ?
#हाम्रो पुर्विय मान्यतामा तमाम बिकल्प र बाटाहरू छन । देशकाल परिस्थिति अनुसार पॅञ्चाङ्ग गणनाका विधि छन ।वर्ष ,मास ,सम्वतसर, तिथि, नक्षत्र, करण, वार, बेला, मुहुर्त, योग, तिथि मिति, निर्णय र निर्धारण, वैकल्पिक व्यवस्था तथा समस्या समाधान सम्वन्धित व्यापक पक्ष पञ्चाङ्गको सेरोफेरोमा आवद्ध हुन्छन।
#सौरमान अनुसार विषुवत संङ्क्रान्तिबाट नव सम्वतसर सुरू हुन्छ भने चान्द्रमान अनुसार सम्वतसरी औंसीमा एक बर्ष सकिएर अर्को वर्ष आउछ ।त्यस्तै नक्षत्रमास, सावन मास लगायतको पनि व्यवस्था छ। बिक्रम सम्वत २०७९ शाके सम्वत १९४४ नर्मदा नदीको उत्तर भागमा प्रभवादि नल नामक सम्वतमा यस वर्ष राजा शनि ग्रह र मन्त्री पद बृहस्पति ग्रहको जिम्मामा परेको छ।सृष्टि देखि १,९५,५८,८५,१२३ बर्ष बिति सकेका छन।संयोजित बर्ष परम्परामा सम्वतसर बदलिएको दिन चैत्र शुक्ल १ पर्ने बार स्वामी राजा तथा मेष सङ्क्रान्ति अर्थात बैसाख १ का बार स्वामी मन्त्री रहन्छन्। यिनकै सम्बन्धका आधारमा बर्षफल हुने तथा बिषुवत् सङ्क्रान्तिका दिन र तुला सङ्क्रान्तिका दिनमा चन्द्रमाको अवस्थितिका आधारमा ब्यक्तिगत पैठ/अपैठ हेर्ने गरिन्छ। सम्वतसर बदलिएको दिनमा वर्षफल सुन्ने सुनाउने परम्परा रहि आएको पाइन्छ भने।
नयाँ वर्षको सुरूमा के गर्ने भन्ने सम्बन्धमा शास्त्रीय मत यस्तो रहेको छ—
प्राप्ते नूतनवत्सरे प्रतिगृहम्कुर्यात ध्वजारोपणम् ।
स्नानं मंगलमाचरेद् द्विजवरैः सार्द्ध सुपुजोत्सवम्।।
देवानां गुरूयोषितां च विभवालंकार वस्त्रादिभिः।
सम्पुज्यो गणकःफलंच्श्रृणुयात्तस्माच्च लाभप्रदम् ।।
नयाँ वर्ष प्राप्त भये पछि गृहशुद्धि गरेर ध्वजा रोपण गर्ने, स्नान गर्ने, मंगलाचरण गर्ने, उत्तमिद्वजद्वारा पुजा उत्सव गर्ने, देव- गुरू- गणक
द्वारा पञ्चाङ्ग फल सुन्नु लाभप्रद हुन्छ।
नवसम्वत्सर आउनै लाग्दा जनमानसमा एक किसिमले खुसी पनि छाउथ्यो। देउव्यानीको माटो प्रसादका रूपमा टाढा टाढासमेत लैजान्थे। कमेरो र मटिखण्णको रातो माटोले घर पोतेर सिगारिन्थे। प्राकृतिक रूपमा पनि वसन्त ॠतुको मध्यकालिन छटा अनि खेतबारीमा गहुँ पाक्ने र धानको बिउको सोधखोज गर्नु पर्ने बेला।केटाकेटीहरू ग्वाला हुदै ” भ्वाॅ “मा मतर्कने र कोयली अनि काफलपाकोसंगै रमाउने बेला ।सम्वतसरी औंसी र बिषुवत संक्रान्ति /बिस्पति केही दिनको अन्तरालमा चान्द्रमान र सौरमान उत्तिकै मूल्यका साथ आत्मसात् गरिएको ज्योतिषिय परम्परा, चैते नवरात्रीको पुण्य दिनहरूमा देवस्थलहरू संगै घरघरमा ” देउज्वार्ने ” सात्विक अवसर। अग्रजहरूको सम्वतसरी नजिकिदै गर्दा अतास हुन्थ्यो ” पतडा ” बनाउन। सोध्न आउनेहरु उतिकै, बिस्पति अगावै सम्वतसर के आयो ? फल के छ ? राजामन्त्री को ग्रह हुन?बिस्पति पैठ अपैठ के छ—-? सयानाहरूको चासो हुने गर्दथ्यो।चैत सिद्धिनै लाग्दा सम्म दिदीबैनी भेटाउलो लगेर भेटिसक्ने हतारो हुन्यो। गाउँमा हुडकोको कर्णप्रिय धुनसंगै ” रितु बसन्त, कोरे मैना जेठो होलो, को रे देवाजेठा हुन्ना–?गायनसंगै सादेउवाला गोरीधनाको करूण बियोगान्त चैतलोले आँखा रसाउन पुग्थे । नयाँ लुगा लाउने कुरा र ” बिस्पतिका दिन कि खन्या हो ला गेदाउ ? ” भन्ने प्रश्नले केटाकेटीको खुसीको सीमा रहदैनथ्यो। परिवारमा वालवालिकाको पनि रोजाइ खोजिनु महत्वपूर्ण कुरा हो । देउताको भाग(न्वाकीकि) छुट्याइसके पछि नौनाज चाख्ने उत्कण्ठा सबैमा हुन्थ्यो । कुमास र उमा चाख्दाको स्वादै अर्को हुन्थ्यो।
बिस्पतिका दिनको झट्ट उठेर “फूल चढ्यो बिष बग्यो “भन्दै नुहाउने होडको मजा अर्कै हुन्थ्यो। चुल्देल गरि ढोकामा फूल राख्दै ढोगेर नयाँ बर्षको स्वागत गरिन्यो। “दशुबिसु” अपुच्छो दिन हुने भयेकाले नौलो काम र संस्कार गर्न कसैलाई हिच्किचाहट हुदैनथ्यो।
समयको फेर हो , उपरोक्त कुरा सम्झनाकै बिषय बन्न गैरहेछन। पातडो हेरेर सोध्ने दिनबार क्यालेण्डरमा झुण्डिएको छ । काज मनाउन आरसारको जमाना रहेन ।बाँडीचुँडी काजबार मनाउने बिगतको परम्परालाई छिद्रान्वेषी नजरले हेर्ने अनि बुर्जुवा बनाउँदै बरू मासु र रक्सी नै काफी भयेको छ । सिस्नोको मनोरञ्जन देवर भाउजुको सम्बन्ध अनि सिस्नोको टक्सिक प्रभावबाट रोग भाग्ने कुरा को खोजि खबर छैन। जान्ने सुन्ने शिक्षित दिक्षित बढदै गयेको बर्तमान ब्राह्मण, कलौत,मान्यजनका आसिका सबै हराउदै
गयेर happy new year मा सिकुडिएछन।
लेखक भी न पा ५ वनखेत निवासी हुन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व