भारतमा ट्याक्टर दुर्घटनामा परि बैतडीका एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मल्लाजोखल्लीका ईश्वरबहादुर नेगीको ट्याक्टर दुर्घटनामा मृत्यु भएको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिदत्त पन्तले बताए ।
भारतको हिमाञ्चल प्रदेशको काजा भन्ने स्थानमा मजदुरी गर्दै आएका बोहराको मृत्यु भएको उनले बताए । रोजगारीका लागि भारत गएका बोहराको उतै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ ।
गएको बुधबार बोहराको मृत्यु भएको बताइएको छ । गोदावरी न्युज बाट सभार








Discussion about this post