बैतडीमा तिज विशेष कार्यक्रम हुने भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटमा यहि भदौ ११ गते एक दिने तिज विशेष साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
श्री केदार सँस्कृति संरक्षण समाज दोगडाकेदार४ को आयोजनामा हिंन्दु नारीहरुको महान चाँड हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रमको आयोजना गरिएको श्री केदार सँस्कृति संरक्षण समाजका अध्यक्ष सुरेन्द्र प्रशाद भट्टले जनाकारी दिए ।
स्थानीय कला संकस्कृतिको संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ ।
कार्यक्रममा चर्चित लोकदेउडा गायक महेश कुमार औजी, लोक दोहोरी तथा देउडा गायीका रेखा जोशी, ज्यादुगर नविनकुमार लगायत स्थानीय कलाकारहरुको सहभागिता रहने समाजका अध्यक्ष भट्टले बताए । साँस्कृतिक कार्यक्रम केदार मावि पिपलकोटको प्राङ्गणामा हुने बताइएको छ ।
कार्यक्रममा सबैलाई उपस्थितिका लागि पनि आग्रह गरिएको छ । श्री केदार सँस्कृति संरक्षण समाज स्थानीय कला संस्कृति संरक्षणको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । सगुन खबर बाट सभार








Discussion about this post