सहरको सफरमा सयौं जिन्दगी दैनिक हुन्छन्
उदासी चेहरा थकित शरीर अत्यधिक हुन्छन्
जब चित्र चरित्र सारा देखिन्छ सोच्दछु कसरी
समाजमै बसेर नि मान्छे असामाजिक हुन्छन्
आफन्त मानेर बस्छन् कयौं जिन्दगी नबुझेर
आफन्तले दिने अचेल कस्ता आसिक हुन्छन्
तिमीबाट पनि के आशा गर्नु थाहा छ मलाई
कसरी दास हुन्छन् र कसरी मालिक हुन्छन्
हिसाब गर्न छोडी सके, कसले के भन्छ भनेर
समाजले पागल भनेका पनि दार्शनिक हुन्छन्









Discussion about this post