✍️मीतबन्धु
नेपाल मेराे घर याे पवित्र
टल्किन्छ अाभा मनमा सचित्र
मेची र काली तनका सिमाना
खाेला र नाला यसकै दिवाना
अाकाश चुम्दै चुलि छन् चुलेका
वेली चमेली तनमै फूलेका
माैरी भमाैरी पुतली डुलेका
गुँरास राता वनमा फूलेका
काेर्दैछु प्याराे मन भित्र चित्र
बस्नेछ याे देछ सधैं म भित्र
राति सुनाैलाे सपना उघारी
अाँखामा मेराे वनखेत वारि
हाे वीरकाे रक्त यहाँ बगेकाे
गर्नेछु सम्मान मैले सकेकाे
छेक्नेछु वैरी पीर हाेस् कस्तै
पर्खाल बन्नेछु पहाड जस्तै
वैरी लखेट्नै जुट हे हिमाली
बाँच्दैन नेपाल मद्येश छाडी
जागाै मिलेरै उठ हे पहाडी
लागाै सबै हात कतै नछाडी
(छन्दकवि कविराज भट्टकाे निर्देशन र सम्पादनमा सिर्जित कविता )









Discussion about this post