लगातारको वर्षाको कारण देशका पश्चिम तराईका जिल्ला जलमग्न भएका छन् । बाँके बर्दिया, दाङ लगायतका क्षेत्र डुबानमा परेका छन् ।
ठूलो पानी नपरे पनि गएरातिदेखि लगातारजस्तै पानी पर्दा यी ठाउँहरु जलमग्न भएका हुन् । धेरै खाल्डाखुल्डी, पानी निकास हुने ठाउँ नहुँदा र बालुवाका कारण मध्यम खालको पानी पर्दा पनि तराई तथा उपत्यका डुबानमा पर्ने गरेका मौसमविद् बिनु महर्जनले बताउनुभयो ।
यस्तै लगातार पानी परेर जमिन भिजिरहेको हुनाले भिरालो जमिनमा पहिरोको जोखिम बढेकोले सतर्कता अपनाउन पनि मौसमविद् महर्जनले आग्रह गर्नुभएको छ ।
आज दिनभर प्रदेश एक, मधेसप्रदेश, लुम्बिनी र वाग्मती प्रदेशका धेरै ठाउँमा लगातार जस्तै पानी परिरहेको छ । लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रका केही नदी तथा खोलाले सतर्कताको तह पार गरेका छन् । उज्यालो अनलाइन बाट सभार









Discussion about this post