Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सहरमा भन्दा गाउँमा किन बढी चट्याङ पर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ८, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वर्षायाममा चट्याङ कहिले र कहाँ पर्छ टुंगो हुँदैन । त्यसैले चट्याङबाट कसरी जोगिने भन्ने कुरामा खासै सतर्कता अपनाएको पाइँदैन ।

जबकि चट्याङले बर्सेनि मान्छेको ज्यान लिने गरेको छ । गृह मन्त्रालयको तथ्यांकमा २०७७ वैशाखदेखि २०७९ जेठ ३० गतेसम्म चट्याङका ५१५ घटना भएको अभिलेख छ । त्यसमा १५२ जनाले त ज्यान नै गुमाएका छन् । यस अवधिमा चट्याङबाट ८९२ घरपरिवार प्रभावित भएका छन् भने २४ वटा घरमा पूर्ण क्षति पुगेको छ ।

चट्याङले मानिस मात्र होइन, चौपायाको पनि ज्यान लिने गरेको छ । यसपालि चट्याङबाट २५ वटा गोठमा क्षति पुगेको छ भने एक हजार ६९ चौपाया मरेका छन् । गृह मन्त्रालयका अनुसार चट्याङबाट यस अवधिमा करिब २ करोड ९९ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

चट्याङको याम

खासगरी वर्षायाममा चट्याङको जोखिम बढी हुन्छ । पानीझरी र हुरीबतासको समयमा चट्याङ पर्छ । विज्ञहरुका अनुसार प्रि–मनसुनमा बढी चट्याङ पर्छ । चैत, वैशाख र जेठ महिनामा चट्याङको भय बढी हुने बताइन्छ । मध्य वर्षायाममा भने चट्याङको भय अलि कम हुन्छ।

कसरी पर्छ चट्याङ ?

चट्याङ एक किसिमको विद्युतीय चार्ज हो । जब विपरीत दिशाबाट बहेको बादल आपसमा जुध्न पुग्छ, त्यहाँ विद्युतीय झट्का पैदा हुन्छ । त्यसबाट आगोको मुस्लो निस्किन्छ ।

चट्याङ परेको बखत देखिने बिजुली र ध्वनि त्यही हो । चट्याङ पर्दा विद्युतीय चार्ज ४० देखि ६० हजार माइलसम्म फैलिएको हुन्छ ।

वायुमण्डलमा एक किसिमको बादल हुन्छ, जसलाई मौसमी भाषामा ‘कुमोलो निम्बस’ भनिन्छ । कुमोलो निम्बस बादलबाट उत्पन्न हुने विद्युतीय डिस्चार्ज नै चट्याङ हो, जसको असर बेलाबखत धर्तीसम्म आइपुग्छ ।

नेपालको कुन भेगमा बढी चट्याङ पर्छ ?

नेपालको पूर्वी र मध्यपहाडी भूभागमा बढी चटयाङ पर्छ । अहिलेसम्मको अध्ययनले चट्याङको प्रभाव चुरे क्षेत्रमा बढी देखिएको छ । बंगालको खाडी नजिक रहेका नेपाली भूगागमा बढी चट्याङ परेको देखिन्छ । चुरेको पूर्वदेखि पश्चिमसम्म नै मानवीय क्षति पनि धेरै हुने गरेको छ । मकवानपुर जिल्लामा चट्याङको जोखिम उच्च देखिएको छ । यद्यपि बारम्बार चट्याङ पर्ने जिल्ला भने झापा र मोरङ हुन् ।

जोखिमबाट बच्ने उपाय

चट्याङ पर्नु भन्दा अघि कालो बादल मडारिने, हावाहुरी चल्ने, अघिपछिको मौसम भन्दा बेग्लै मौसम हुने गर्छ यस्तो बेलामा सकेसम्म घरभित्रै बस्नुपर्छ ।

खेतबारीमा काम गर्दै वा जंगलमा घाँस दाउरा गर्न जानुभएको छ भने रुखमुनि ओत लाग्नु हँुदैन । बिजुलीको पोल र टावरको मुनि पनि बस्नु हुँदैन । किनकि त्यसमा सजिलैसँग चट्याङ पर्ने सम्भावना हुन्छ ।

चट्याङमा हुने विद्युतीय ऊर्जा अग्लो ठाँउ तथा चिसोमा आकर्षित हुने भएकाले खुल्ला जमिनमा निहुरिएर बस्नुपर्छ । विद्युतीय उपकरण जस्तै टेलिभिजन, तार भएका फोन लगायतका उपकरणलाई चलाउनु हुँदैन । विद्युतीय उपकरणको मेन स्वीच बन्द गर्नुपर्छ ।

पानीबाट बच्नु एकदमै राम्रो हुन्छ । नुहाउने, पौडी खेल्ने गरिरहेको भए तुरुन्तै बाहिर आउनुपर्छ, किनकि पानीले विद्युतीय ऊर्जालाई आकर्षित गर्छ । घर निर्माण गर्ने बेलामा घरका छतमा लाइटिङ रड जडान गर्नुपर्छ । यसले चट्याङ रडमा परी विस्तारै जमिनमा बग्छ ।

सहरमा भन्दा गाँउमा किन चट्याङका घटना बढी ?

सहरमा घरको माथि दूरसञ्चार टावर तथा चट्याङ प्रतिरोधी लाइटिङ रडको व्यवस्था गरिएको हुन्छ । त्यसमा चट्याङ रोक्ने अर्थिङ सिस्टम जडान हुन्छ । चट्याङ अग्लो स्थानमा आकर्षित हुन्छ ।

सहरका घरमा तामाको तारको अर्थिङ सिस्टम जोडिएको हुन्छ । चट्याङ यसैमा ठोकिन्छ त्यसले आफ्नो ऊर्जा नष्ट गर्छ । तर गाँउघरमा यस्तो व्यवस्था हुँदैन, जसकारण गाउँ घरमा चट्याङ बढी पर्ने सम्भावना हुन्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३
रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

रसुवागढी हाइड्रोको सुरुङमा उद्धार टोलीको खोजी, कोही फेला परेनन्

भदौ १५, २०८३
कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

कांग्रेसका सांसदले आधा महिनाको तलब बाढीपीडितका लागि दिने

भदौ १५, २०८३
भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भोटेकोशी बाढीपछिको उद्धारबारे प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

भदौ १५, २०८३
भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भोटेकोशी बाढीमा क्षतिप्रति समवेदना जनाउँदै नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह

भदौ १५, २०८३
बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व