Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १५, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्राकृतिक विपद्का कारण लगानीकर्तामा बढेको चिन्ताको प्रभाव नेपाली सेयर बजारमा देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा झरेको छ।

रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि विशेषगरी जलविद्युत् कम्पनीप्रति लगानीकर्ताको चिन्ता बढेको देखिएको छ। बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको विवरण सार्वजनिक भएपछि बजारमा नकारात्मक प्रभाव परेको हो।

सोमबार ३४७ वटा स्क्रिप्स कारोबारमा आएका थिए। कुल ९३ लाख २२ हजार १८५ कित्ता सेयर ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँभन्दा बढीमा किनबेच भए।

कारोबार भएका कम्पनीमध्ये कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुग्न सकेन। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १३.१६ प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। कम्पनीको करिब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको १५ करोड, रिलायन्स स्पिनिङ मिल्स र चिलिमे हाइड्रोपावरको १२/१२ करोड तथा एसवाई प्यानल नेपालको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार कारोबार भएका कम्पनीमध्ये २१ वटा स्टकको मूल्य बढ्दा २५३ वटाको घटेको छ भने ४ वटा स्टकको मूल्य स्थिर रह्यो।

मनु एन्ड प्रो समूहको उपसूचकबाहेक अन्य सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्। प्राकृतिक विपद्का कारण जलविद्युत् क्षेत्रमा देखिएको जोखिम र लगानीकर्ताको मनोवैज्ञानिक दबाबले समग्र बजारमा बिक्री चाप बढेको देखिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा
फ्ल्यास हेडिङ

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित
कृषि

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व