काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि भइरहेको खोज तथा उद्धार, राहत वितरण र विपद् व्यवस्थापनबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री शाहले सोमबार प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियान र राहत व्यवस्थापनबारे जानकारी लिएका हुन्।
प्रधान सेनापति सिग्देलसँगको ब्रिफिङपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गरेका छन्। छलफलमा भोटेकोशी बाढीपछि सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहतसम्बन्धी गतिविधिबारे जानकारी लिइएको छ।
प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि विपद् व्यवस्थापन तथा उद्धार कार्यबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले खोज तथा उद्धार, राहत वितरण र प्रभावित नागरिकको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। सोही क्रममा प्रधानमन्त्री शाहले सुरक्षा निकायबाट भइरहेको कामको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै आवश्यक समन्वय र प्रभावकारी व्यवस्थापनका विषयमा छलफल गरिरहेका छन्।










Discussion about this post