Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३०, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

डोटी – जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सोमबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्।

गत आर्थिक वर्षमै जडान हुनुपर्ने भएपनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान भएको हो। प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानको लागि ८० लाख बजेट छुट्याइएको भएपनि ठेक्कामार्फत ६५ लाख २५ हजारमा जडान गरिएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिं भाटले बताए ।

टेन्डरदेखि अन्य सबै काम सामाजिक मन्त्रालय अन्तरगतको प्रदेश आपूर्ति केन्द्रलेनै गर्नुपर्ने भएकाले काम ढिलो भएको हुनसक्ने भाटले बताए । अक्सिजन प्लान्ट जडानको काम डाइग्नोसिम इन्टरनेसनल काठमाडौंले गरेको हो ।

अक्सिजन प्लान्ट उद्घाटन गर्दै राज्यमन्त्री रैकाले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार सदैब लागिरहने बताए । ‘जनताले सहज र सुलभ ढङ्गले उपचार पाउन् भन्ने उद्देश्य प्रदेश सरकारले अस्पतालमा विभिन्न सेवाहरु थप्दै जानेछ,’ रैकाले भने, ‘जनताको स्वास्थ्यका लागि हामी सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्दछ ।’

डोटेली जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफू अहोरात्र खट्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताए । अक्सिजन प्लान्ट जडानका लागि प्रदेश सरकारलाई धन्यवाद दिंदै अध्यक्ष नेपालीले भने, ‘अस्पतालमा थप सेवासुविधाका लागि आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको छु ।’

‘अस्पतालमा शव व्यवस्थापनका लागि शवगृह तथा शव बाहनका लागि कुरा अगाडि बढिसकेको छ, छिट्टै शव बाहन आउनेछ,’अध्यक्ष नेपालीले भने, ’अस्पतालमा इन्डोस्कोपी मेसिन स्थापनाका लागि समेत केन्द्रीय तथा प्रदेश सरकारसँग आग्रह गर्ने र प्रक्रिया अगाडि बढाइनेछ ।’

डोटी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टले एक दिनमा ४८÷४८ किलोका १० वटा सिलिण्डर अक्सिजन भर्न सक्नेछ । दिनमा करिब पाँच सय किलो अक्सिजन उत्पादन हुने बताइएको छ । अक्सिजन प्लान्टबाट २५ बेडलाई पुग्नेगरी पाइपलाइन जडान गरिएको सूचना अधिकारी भाटले बताए । गोदावरी न्युज बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
डोटी

वर्षाका कारण डाेटीका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध

साउन १५, २०८०
डोटी

डोटीकाे मौवामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते

असार २८, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व