सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

डोटी – जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सोमबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्।

गत आर्थिक वर्षमै जडान हुनुपर्ने भएपनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान भएको हो। प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानको लागि ८० लाख बजेट छुट्याइएको भएपनि ठेक्कामार्फत ६५ लाख २५ हजारमा जडान गरिएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिं भाटले बताए ।

टेन्डरदेखि अन्य सबै काम सामाजिक मन्त्रालय अन्तरगतको प्रदेश आपूर्ति केन्द्रलेनै गर्नुपर्ने भएकाले काम ढिलो भएको हुनसक्ने भाटले बताए । अक्सिजन प्लान्ट जडानको काम डाइग्नोसिम इन्टरनेसनल काठमाडौंले गरेको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अक्सिजन प्लान्ट उद्घाटन गर्दै राज्यमन्त्री रैकाले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार सदैब लागिरहने बताए । ‘जनताले सहज र सुलभ ढङ्गले उपचार पाउन् भन्ने उद्देश्य प्रदेश सरकारले अस्पतालमा विभिन्न सेवाहरु थप्दै जानेछ,’ रैकाले भने, ‘जनताको स्वास्थ्यका लागि हामी सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्दछ ।’

डोटेली जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफू अहोरात्र खट्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताए । अक्सिजन प्लान्ट जडानका लागि प्रदेश सरकारलाई धन्यवाद दिंदै अध्यक्ष नेपालीले भने, ‘अस्पतालमा थप सेवासुविधाका लागि आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको छु ।’

‘अस्पतालमा शव व्यवस्थापनका लागि शवगृह तथा शव बाहनका लागि कुरा अगाडि बढिसकेको छ, छिट्टै शव बाहन आउनेछ,’अध्यक्ष नेपालीले भने, ’अस्पतालमा इन्डोस्कोपी मेसिन स्थापनाका लागि समेत केन्द्रीय तथा प्रदेश सरकारसँग आग्रह गर्ने र प्रक्रिया अगाडि बढाइनेछ ।’

डोटी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टले एक दिनमा ४८÷४८ किलोका १० वटा सिलिण्डर अक्सिजन भर्न सक्नेछ । दिनमा करिब पाँच सय किलो अक्सिजन उत्पादन हुने बताइएको छ । अक्सिजन प्लान्टबाट २५ बेडलाई पुग्नेगरी पाइपलाइन जडान गरिएको सूचना अधिकारी भाटले बताए । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.