Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पिसाब परीक्षण किन जरुरी छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २८, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पिसाब जाँच एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चविना गर्न सकिने यो परीक्षणको महत्त्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ । मानव शरीरमा मूत्र प्रणालीबाट निस्किने पिसाबको दैनिक मात्रा सदरदरमा ६ सय मिलि भन्दा बढी हुने गर्दछ । दैनिक खानपान, शारीरिक गतिविधिअनुसार पिसाबको मात्रा फरक हुन सक्दछ । तसर्थ सामान्य खानपानमा पनि पिसाबको मात्रा दैनिक ४ सय मिलिभन्दा कम वा २ हजार मिलिभन्दा धेरै भएमा चिकित्सकको सम्पर्कमा रहनु पर्दछ ।

 

दीर्घरोगीहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुका रोगीहरू, दैनिक औषधी सेवन गर्ने व्यक्तिहरूले वर्षको १ देखि २ पटक नियमित पिसाब जाँच गराउनु पर्छ । पिसाबको नियमित जाँचबाट निम्न कुराहरू पत्ता लगाउन सकिन्छः

१) रङ्गः सामान्यतया पिसाबको रङ्ग लेमन यलो हुन्छ । पिसाबको रङ्ग क्षयरोगको औषधीले रातो, कमलपित्तमा गाढा पहेँलो, हात्तीपाइलेमा दूधजस्तो सेतो हुन सक्छ ।

२) पिएचः सामान्य पिसाबको पिएच– ४.५ देखि ८ सम्म रहन्छ । ४.५ भन्दा मुनिको पिसाबमा अम्लीयपना ज्यादा हुन्छ र कुनै कुनै प्रकारको पत्थरी हुने सम्भावना बढ्छ । अम्लीयपना कम भएको पिसाबका केही जीवाणुको सङ्क्रमण ज्यादा हुन्छ ।

३) स्पेसिफिक ग्राभिटिः (१.००१–१.०३५) यो जाँचले पिसाबको बाक्लोपना वा पातलोपना देखाउँछ । ग्लुकोज, प्रोटिन, एन्टीबायोटिक्स आदिले पिसाबको स्पेसिफिक ग्राभिटी बढी हुन्छ भने मृगौलाको दीर्घरोगमा यो घटेको हुन्छ ।

४) सेता रक्तकोषहरूः यो प्रशस्त देखिएमा पिसाबको सङ्क्रमण वा ‘ग्लोमेरुलोने फ्राइटिस’को समस्या हुन सक्छ ।

५) राता रक्तकोषहरूः मूत्र प्रणाली (मृगौला, मुत्रनली, मुत्रथैली) मा पत्थरी वा पिसाबको सङ्क्रमण वा मुत्रथैलीमा क्यान्सर, मृगौलामा क्षयरोग आदि भएको अवस्थामा पिसाबमा राता रक्तकोषहरू देखिन सक्दछन् ।

६) प्रोटिनः ज्वरो, पिसाबको सङ्क्रमण, कठोर शारीरिक व्यायाम गर्दा मात्र पनि पिसाबमा प्रोटिन देखिन्छ । मधुमेहका बिरामीको पिसाबमा प्रोटिन देखिनु मिर्गौलामा दीर्घकालीन असर सुरु हुनुको प्रमाण हो । प्रोटिनको मात्रा पिसाबबाट धेरै खेर गएमा शरीर सुनिन थाल्छ ।

 

मधुमेहका रोगीमा पिसाबमा प्रोटिन (एल्बुमिन) नदेखिएमा वार्षिक रूपमा माइक्रो एल्बुमिनको परीक्षण गर्नुपर्दछ । यदि माइक्रो एल्बुमिन देखिएमा चिकित्सकले विभिन्न औषधीहरू दिएर मिर्गौलामा हुने क्षति न्यूनीकरण गर्न सक्दछन् ।

 

७) ग्लुकोजः रगतमा ग्लुकोजको मात्रा १८० मिलीग्राम प्रतिशतभन्दा बढी भएमा पिसाबमा सुगर देखिन्छ । जसको कारणले पिसाबमा सङ्क्रमण बढ्दछ । त्यस्ता व्यक्तिहरूमा मधुमेह छ कि भनेर रगतमा ग्लुकोज जँचाउनु पर्दछ ।

८) मणिभः क्याल्सियम, फस्फोरस, युरिक एसिडका ‘सिस्टल्स’ प्रशस्त देखिएको पिसाबमा पत्थरी हुने सम्भावना ज्यादा हुन्छ ।

माथि उल्लेखित पिसाबको नियमित परीक्षणबाहेक केही विशेष परीक्षण पनि यहाँ उल्लेख गर्न वान्छनीय देखिन्छः

क) महिलाहरू गर्भवती भएको अवस्था पत्ता लगाउन पिसाबमा एसीजी परीक्षण गरिन्छ । कुनै कुनै यौन अंगका क्यान्सरहरूमा यो एसीजीको मात्रा अत्यधिक हुने हुँदा पुरुषहरूमा पनि पिसाबमा एसीजी परीक्षण गर्न सकिन्छ ।

ख) पिसाबमा Acetone देखिएका मधुमेहका बिरामीहरूलाई सघन उपचार कक्षको उपचार चाहिन सक्छ ।

 

ग) पिसाबमा  Chyleभएमा दूधजस्तो सेतो देखिन्छ र यस्ता बिरामीहरूमा हात्तीपाइले, छाती वा पेटको क्यान्सर हुन सक्दछ ।

 

घ) पिसाबको Cytology (कोषिकाहरूको अध्ययन) बाट मुत्रथैलीको क्यान्सर, क्यान्सरको उपचारमा प्रयोग गरिने विकिरण÷औषधीहरूको असर पत्ता लगाउन सकिन्छ ।

 

ङ) विभिन्न लागु औषधहरू पिसाबबाट बाहिर निस्कने हुँदा लागु औषध दुव्र्यसनीहरूको त्यहष्अययिनथ क्अचभभल ​ गर्नका लागि पिसाब परीक्षण गरिन्छ ।

च) भूकम्प, सडक दुर्घटना, लगातारको पौडी खेल, लामो दुरीको हिँडाइमा शरीरको मांसपेशी पग्लेर पिसाबमा Myoglobin​ देखिन्छ ।

छ) रक्तनलीभित्र राता रक्तकोषहरू फुट्ने रोगहरू जस्तै मलेरियामा, पिसाबममा हेमोग्लोबिन देखिन्छ ।

लेखक वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा भरतपुर अस्पतालका प्रवक्ता हुन् । – ratopati.com

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व