सिंहदरबार गाउँ पसेदेखी गाउँ सहर बनेछ।
ऊ त्यहाँ खोला बग्थ्यो अचेल त घर बनेछ।
हिजो चप्पल पट्काउदै हिड्थ्यो सडकमा
आज गाउँमा बडेमान झै भयङ्कर बनेछ।
बदल्ने भनेर लडेकासंगै ओइलाए सपना
धुवाँ उड्दै छ सायद खरानी भर्खर बनेछ।
साथी पास गर्न सकेन छुट्यो म पढन गए
उहीँ गाउँको नीति-निर्माता धुरन्धर बनेछ।
कागजी गणतन्त्रले केही दिन सकेन यहाँ
केवल अश्लील मेगाजिनको कभर बनेछ।









Discussion about this post