Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गेटा मेडिकल कलेजमा तीन सय बेडको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा तीन सय बेडको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गर्नुभएको थियो ।

गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक वर्षमा तीन सय बेडको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसक्नुभएको छ । प्रधानमन्त्री देउवाको निर्देशनअनुसार यसै आर्थिक वर्षदेखि अस्पताल पनि सुरु हुन लागेको हो ।

नेपाली कांग्रेसका नेत्री एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा प्रमोद जोशी सदस्य सचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो ।

यस कार्ययोजनाकै आधारमा तत्काल तीन सय बेडको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । “हामीले गेटा मेडिकल कलेजको स्थलगत गत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि तीन सय बेडको अस्पताल सञ्चालन हुने भएको हो”, डा जोशीले भन्नुभयो ।

मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा तीन सय बेडको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल सञ्चालन गरिने भएको हो ।

त्यस समितिले ७५ बिघा जमिनमा फैलिएको अस्पतालमा ढल, पानीलगायतको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो । सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो ।

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो । भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल सञ्चालन गर्न नेत्री राणा विगत एक वर्षदेखि पहल गर्दै आउनुभएको छ ।

डा राणाकै पहलमा यसै आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनका लागि माग भएअनुसारको रु दुई अर्ब बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ । गेटा मेडिकल कलेज सञ्चालनमा डा देउवाले पटकपटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल तीन सय बेडको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

कम्तीमा तीन सय बेड रहनेगरी तत्काल अस्पताल सञ्चालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव छलफल भई स्वीकृत गरी सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गर्नुभएको थियो । सरकारले गेटा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहका चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना पनि गरेको छ । त्यसका साथै अन्य आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ ।

पालिका तह चुनावका कारण कार्यकारी निर्देशक नियुक्तलगायतका प्रक्रिया रोकिए पनि अब केही हप्तामै कर्मचारी नियुक्ति गरेर अस्पताल सञ्चालन हुने बताइएको छ । “यसै आर्थिक वर्षदेखि गेटा मेडिकल कलेज र तीन सय बेडको अस्पताल सञ्चालनमा आउँछ”, स्वास्थ्य सचिव डा पोखरेलले भन्नुभयो । गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० वर्षदेखि सुरु भएको थियो ।

भौतिक पूर्वाधार सम्पन्न भएपछि डा देउवाको अगुवाइमा अस्पताल सञ्चालन हुन लागेको हो । प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीतिअनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो । गेटा सुरु भएलगत्तै सुदूरपश्चिम क्षेत्रका सयौँले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एक महत्वपूर्ण काम हुने बताइएको छ । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व