Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नियमित बेसारको प्रयोगले क्यान्सर नियन्त्रणमा फाइदा पुग्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालसहित दक्षिण एसियाली देशमा खानामा बेसारको प्रयोग गरिन्छ । बेसारले स्वाद बढाउने मात्र नभई शरीर स्वस्थ राख्न पनि मद्दत गर्छ ।

बेसारको प्रयोगबाट मुटुसम्बन्धी समस्या, पाचन प्रणालीको समस्या, डायबिटिज, डिप्रेसन, अल्जाइमर जस्ता रोगबाट बच्न सकिने तथ्य सार्वजनिक भएका छन् । बेसारमाथि गरिएका विभिन्न अध्ययन अनुसन्धानमा त्यसमा औषधीय गुण भएको यौगिक करक्युमिन पाइएको छ ।

 

मुसामा प्रयोग गरिएको बेसारमा करक्युमिनले क्यान्सर बढ्न नदिन मद्दत गरेको अध्ययनले देखाएको छ । तर बेसारमा दुई तीन प्रतिशत करक्युमिन पाइने हुँदा शरीरले यसको सबै मात्रा लिन सक्दैन । बेसारसम्बन्धी गरिएका विभिन्न अध्ययनले खानामा बेसारको मात्राबारे पनि उल्लेख गरेका छन् ।

बेसारको मात्रा दैनिक प्रयोग गर्ने वा स्वस्थ रहन त्यसमा पाइने तत्व करक्युमिनको दैनिक प्रयोग गर्नेबारे विभिन्न अध्ययन भइरहेका छन् ।

 

कसरी भयो अनुसन्धान ?

बेसारबारे अध्ययनका लागि बेलायतको न्युकासल विश्वविद्यालयले एक समूह बनाएर यसबारे अनुसन्धान गरेको छ । अनुसन्धानमा एक सय जना स्वयंसेवकलाई तीन समूहमा विभाजित गरिएको थियो ।

जसमा पहिलो समूहलाई हरेक दिन एक चम्चा बेसार खुवाइयो भने दोस्रो समूहलाई एक चम्चा बेसार सप्लिमेन्टका रुपमा खुवाइयो । र, तेस्रो समूहलाई बेसार भनेर अरु नै चिज खुवाइयो ।

अनुसन्धाताले उनीहरुको रगतमा तीनवटा परीक्षण गरे । बेसार खुवाएको पहिलो समूहका स्वयंसेवकमा रक्तकोषमा हुने जलनलाई नियन्त्रण गरी प्रतिरोध गरेको र रोग प्रतिरोधात्मक क्षमता बढाएको देखियो ।

यसबाट बेसारले रक्तकोषमा हुने जलनलाई घटाउनुका साथै डायबिटिज जस्ता समस्यालाई घटाउन सक्ने तथ्य पत्ता लाग्यो । यो परीक्षण न्युकासल विश्वविद्यालयको पीबी बायोसाइन्सले विकसित गरेको थियो । जसलाई अक्सिडेटिभ स्ट्रेस भनिन्छ ।

दोस्रो समूहमा रहेकाहरुको सेता रक्तकोषको गणना गरियो । डीएनएको नतिजाका लागि यो आवश्यक थियो । यो परीक्षणले उनीहरुमा प्रतिरोधात्मक क्षमताको स्थितिबारे समेत जानकारी दियो ।

तेस्रो परीक्षण युनिर्भसिटी कलेज लण्डनबाट गरियो । यसमा डीएनएको मेथिलेसनको बारेमा पत्ता लाग्यो । बेसारको क्यान्सर रोकथाम तथा नियन्त्रण गर्ने गुणबारे यो अध्ययन गरिएको थियो ।

न्युकासल विश्वविद्यालयमा विकसित गरिएको अक्सिडेटिव स्ट्रेस अनुसार तीनै समूहका उनीहरुमा यसको मात्रा भने बराबर थियो । रोग प्रतिरोधात्मक क्षमतामा मौसम परिवर्तनले प्रभाव पार्छ । घामले अक्सिडेटिव स्ट्रेस बढाउँछ । जुन असर तीनै समूहमा देखिन थालेको थियो ।

सेता रक्तकोषको गणनाबाट तीनै समूहमा इम्युन कोषिकामा कमी आएको पत्ता लाग्यो । सबै समूहमा यो बराबर मात्रामा घटेको थियो ।

बेसार खाने र बेसारको नाममा अन्य कुरा खाएकाहरुको डीएनए मेथिलेसनमा कुनै अन्तर थिएन । तर जसले खानामा बेसार प्रयोग गरिरहेका थिए उनीहरुको मेथिलेसनमा अन्तर थियो ।

 

 

नतिजा के आयो ?

बेसारले शरीरलाई फाइदा वा घाटा के गर्छ भन्न नसकिएपनि यसले फाइदा गर्ने देखिएको छ । तर अनुसन्धाताले अनुसन्धानमा सहभागी भएकाहरुको रगत नमुनामा करक्युमिनको स्तरको मात्रा विश्लेषण गरेको थिएन ।

सर्वसाधारण खानामा बेसार प्रयोग गरिरहेका थिए । उनीहरुले आफ्नो खानेकुरा बदलेका थिए । जसकारण मेथिलेसनमा परिवर्तन भएको थियो । तर यो बेसारको असर थिएन ।

 

खानामा बेसार प्रयोग गर्दा र त्यत्तिकै खानुमा के फरक छ ?

खानामा बेसार प्रयोग गर्नाले हाम्रो शरीरलाई करक्युमिन लिने स्तर निर्धारण गर्छ । करक्युमिन लिपोफिलिक हुन्छ । अर्थात् यो बाँधिएको हुन्छ ।

खानामा बेसारको प्रयोग गर्दा करक्युमिन तेलमा मिसिन्छ र हाम्रो शरीरले यसलाई लिने काम गर्छ । तेलमा तारेको खुर्सानीले पनि यो काम गर्छ । यसमा भएको पिपरिन तत्वले यस्तो काम गर्ने गर्छ । तारेका खुर्सानी र बेसार राखेको खानेकुरा खाँदा स्वास्थ्यका लागि राम्रो हुनसक्छ ।

अनुसन्धानले बेसारले मानव शरीरमा पार्ने प्रभावबारे पत्ता लगाउने चर्चा गरेको थियो । उक्त अध्ययनले बेसारले क्यान्सरलाई नियन्त्रण गर्न सक्नेबारे अनुसन्धान अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बेसारको नियमित सेवनले शरीरमा बिस्तारै सकारात्मक पार्ने उक्त अध्ययनले देखाएको छ । बेसारले शरीरलाई स्वस्थ राख्नुका साथै पुराना रोगबाट बचाउन सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

( Source : onlinekhabar.com )

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व