सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नियमित बेसारको प्रयोगले क्यान्सर नियन्त्रणमा फाइदा पुग्छ ?

नेपालसहित दक्षिण एसियाली देशमा खानामा बेसारको प्रयोग गरिन्छ । बेसारले स्वाद बढाउने मात्र नभई शरीर स्वस्थ राख्न पनि मद्दत गर्छ ।

बेसारको प्रयोगबाट मुटुसम्बन्धी समस्या, पाचन प्रणालीको समस्या, डायबिटिज, डिप्रेसन, अल्जाइमर जस्ता रोगबाट बच्न सकिने तथ्य सार्वजनिक भएका छन् । बेसारमाथि गरिएका विभिन्न अध्ययन अनुसन्धानमा त्यसमा औषधीय गुण भएको यौगिक करक्युमिन पाइएको छ ।

 

मुसामा प्रयोग गरिएको बेसारमा करक्युमिनले क्यान्सर बढ्न नदिन मद्दत गरेको अध्ययनले देखाएको छ । तर बेसारमा दुई तीन प्रतिशत करक्युमिन पाइने हुँदा शरीरले यसको सबै मात्रा लिन सक्दैन । बेसारसम्बन्धी गरिएका विभिन्न अध्ययनले खानामा बेसारको मात्राबारे पनि उल्लेख गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

बेसारको मात्रा दैनिक प्रयोग गर्ने वा स्वस्थ रहन त्यसमा पाइने तत्व करक्युमिनको दैनिक प्रयोग गर्नेबारे विभिन्न अध्ययन भइरहेका छन् ।

 

कसरी भयो अनुसन्धान ?

बेसारबारे अध्ययनका लागि बेलायतको न्युकासल विश्वविद्यालयले एक समूह बनाएर यसबारे अनुसन्धान गरेको छ । अनुसन्धानमा एक सय जना स्वयंसेवकलाई तीन समूहमा विभाजित गरिएको थियो ।

जसमा पहिलो समूहलाई हरेक दिन एक चम्चा बेसार खुवाइयो भने दोस्रो समूहलाई एक चम्चा बेसार सप्लिमेन्टका रुपमा खुवाइयो । र, तेस्रो समूहलाई बेसार भनेर अरु नै चिज खुवाइयो ।

अनुसन्धाताले उनीहरुको रगतमा तीनवटा परीक्षण गरे । बेसार खुवाएको पहिलो समूहका स्वयंसेवकमा रक्तकोषमा हुने जलनलाई नियन्त्रण गरी प्रतिरोध गरेको र रोग प्रतिरोधात्मक क्षमता बढाएको देखियो ।

यसबाट बेसारले रक्तकोषमा हुने जलनलाई घटाउनुका साथै डायबिटिज जस्ता समस्यालाई घटाउन सक्ने तथ्य पत्ता लाग्यो । यो परीक्षण न्युकासल विश्वविद्यालयको पीबी बायोसाइन्सले विकसित गरेको थियो । जसलाई अक्सिडेटिभ स्ट्रेस भनिन्छ ।

दोस्रो समूहमा रहेकाहरुको सेता रक्तकोषको गणना गरियो । डीएनएको नतिजाका लागि यो आवश्यक थियो । यो परीक्षणले उनीहरुमा प्रतिरोधात्मक क्षमताको स्थितिबारे समेत जानकारी दियो ।

तेस्रो परीक्षण युनिर्भसिटी कलेज लण्डनबाट गरियो । यसमा डीएनएको मेथिलेसनको बारेमा पत्ता लाग्यो । बेसारको क्यान्सर रोकथाम तथा नियन्त्रण गर्ने गुणबारे यो अध्ययन गरिएको थियो ।

Sana Kishan

न्युकासल विश्वविद्यालयमा विकसित गरिएको अक्सिडेटिव स्ट्रेस अनुसार तीनै समूहका उनीहरुमा यसको मात्रा भने बराबर थियो । रोग प्रतिरोधात्मक क्षमतामा मौसम परिवर्तनले प्रभाव पार्छ । घामले अक्सिडेटिव स्ट्रेस बढाउँछ । जुन असर तीनै समूहमा देखिन थालेको थियो ।

सेता रक्तकोषको गणनाबाट तीनै समूहमा इम्युन कोषिकामा कमी आएको पत्ता लाग्यो । सबै समूहमा यो बराबर मात्रामा घटेको थियो ।

बेसार खाने र बेसारको नाममा अन्य कुरा खाएकाहरुको डीएनए मेथिलेसनमा कुनै अन्तर थिएन । तर जसले खानामा बेसार प्रयोग गरिरहेका थिए उनीहरुको मेथिलेसनमा अन्तर थियो ।

 

 

नतिजा के आयो ?

बेसारले शरीरलाई फाइदा वा घाटा के गर्छ भन्न नसकिएपनि यसले फाइदा गर्ने देखिएको छ । तर अनुसन्धाताले अनुसन्धानमा सहभागी भएकाहरुको रगत नमुनामा करक्युमिनको स्तरको मात्रा विश्लेषण गरेको थिएन ।

सर्वसाधारण खानामा बेसार प्रयोग गरिरहेका थिए । उनीहरुले आफ्नो खानेकुरा बदलेका थिए । जसकारण मेथिलेसनमा परिवर्तन भएको थियो । तर यो बेसारको असर थिएन ।

 

खानामा बेसार प्रयोग गर्दा र त्यत्तिकै खानुमा के फरक छ ?

खानामा बेसार प्रयोग गर्नाले हाम्रो शरीरलाई करक्युमिन लिने स्तर निर्धारण गर्छ । करक्युमिन लिपोफिलिक हुन्छ । अर्थात् यो बाँधिएको हुन्छ ।

खानामा बेसारको प्रयोग गर्दा करक्युमिन तेलमा मिसिन्छ र हाम्रो शरीरले यसलाई लिने काम गर्छ । तेलमा तारेको खुर्सानीले पनि यो काम गर्छ । यसमा भएको पिपरिन तत्वले यस्तो काम गर्ने गर्छ । तारेका खुर्सानी र बेसार राखेको खानेकुरा खाँदा स्वास्थ्यका लागि राम्रो हुनसक्छ ।

अनुसन्धानले बेसारले मानव शरीरमा पार्ने प्रभावबारे पत्ता लगाउने चर्चा गरेको थियो । उक्त अध्ययनले बेसारले क्यान्सरलाई नियन्त्रण गर्न सक्नेबारे अनुसन्धान अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बेसारको नियमित सेवनले शरीरमा बिस्तारै सकारात्मक पार्ने उक्त अध्ययनले देखाएको छ । बेसारले शरीरलाई स्वस्थ राख्नुका साथै पुराना रोगबाट बचाउन सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

( Source : onlinekhabar.com )

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.