आँखाले देखेर पाएन, मनले चाहेर पाएन
मनमुटु सुम्पिएर अनि रातदिन रोएर पाएन
मनपनी पैसा सँग किन बेच हुँदोरहेछ त्यहाँ, भो
जहाँ भिखारीझै मायाको भिक, मागेर पाएन
उनको द्वारमा जब मैले, परिवेश गरेको थिए
यो मन भरी भक्तको भावना बोकेर पाएन
भूल रहेछ हिम्मत हारी, देवि देवता भाग्नु
के नै थियो र मन्दिरमा?, दियो बालेर पाएन
सानो खोला भएर नि समुन्द्र पाउने आस गरेछौ
तिमी नदीजस्तै बगी रह्यौ, म बगर बनेर पाएन









Discussion about this post