Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्याष्ट्रिक छ ? खानापानबाटै यसरी निको पारौं !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १२, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अधिकांश नेपालीसँग मिल्नै एउटै रोग छ भने, त्यो ग्याष्ट्रिक नै हो । किन नेपालीहरुलाई ग्याष्ट्रिक हुन्छ ? यसको सटिक जवाफ हो, ‘खराब खानपान ।’

खाना र खाना खाने शैलीको कारण नेपालीहरु यस समस्याबाट ग्रसित छन् । झट्ट सुन्दा र झेल्दा सामान्य लाग्छ, ग्याष्ट्रिक । तर, पेटसँग सम्बन्धित यो समस्याले समग्र स्वास्थ्यमा प्रतिकुल असर पार्छ । समयमा नै यसबाट छुटकारा पाउन सकिएन भने दीर्घकालिन पीडा बन्छ यो । ग्याष्ट्रिक आफैमा यस्तो रोग हो, जसले अरु संकटको जन्म दिन्छ ।

के हो ग्याष्ट्रिक ?

गाउँघरतिर यसलाई ‘ग्याँस’ वा ‘गानो’ पनि भनिन्छ ।

ग्याष्ट्रिकको अर्थ पेटको भित्री भाग सुन्निनु हो । पेटमा ग्यास भरिएर ग्यास्ट्राइटिस हुन्छु भन्नु गलत हो । यो त ग्यासट्राइटिसको एउटा लक्षण मात्र हो । ग्यासट्राइटिस भएमा फुलेको, पेटमा हावा भरिएको अनुभव हुने, राम्रासँग खाना नपच्ने, लामो समय खाना नखादा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायतका समस्या हुने गर्छ ।

यसले पाचन प्रकियामा पनि बाधा उत्पन्न गर्छ । जसले गर्दा शरिरमा रगत, क्याल्सीयमको कमी हुनेदेखि विस्तारै अल्सर र क्यान्सरसम्म समस्या निम्त्याउने गर्छ । त्यसैले ग्यासट्राइटिसको समयमै उपचार गर्न जरुरी हुन्छ । खानाबाटै पनि यसलाई निको पार्न सकिन्छ :

एन्टिअक्सिडेन्टयुक्त खानेकुरा

एन्टिअक्सिडेन्टयुक्त खानेकुराले सुन्निएको पेटेको पेटको भित्रि तहलाई कम गर्छ । एन्टिअक्सीयाण्टयुक्त खाना भनेका भिटामिन सी, ए, फ्ल्याभोनोइड, क्यारोटेनोइड, फाइटोकेमिकल हुने गर्छन् । ताजा फलफूलहरु, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामललगायतका खाद्यपदार्थमा एन्टिअक्सिडेन्ट मात्रा अत्याधिक हुने गर्छ ।

प्रोबायोटिकयुक्त खाना

ग्यास्ट्राइटिसको मख्य कारणमध्येको एक हो हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरिया । प्रोवायोटिकयुक्त खानाले त्यस्ता व्याक्टेरियालाई नष्ट गर्छ । दही, मोही, प्रोबायोटिक सप्लीमेण्ट आदी खाद्यपदार्थमा प्रोवायोटिकको मात्रा अत्याधिक हुने गर्छ ।

लसुन

लसुलाई आयुर्वेदले पनि निकै महत्वपूर्ण खानाको रुपमा लिने गर्छ । यसलाई वर्षौदेखि घरेलु औषधीको रुपमा पनि प्रयोग गरिदै आइएको छ । लसुनलाई काँचै पनि सेवन गर्न सकिन्छ ।

यसमा प्राकृतिक एन्टीबायोटिक, एन्टीइन्फ्लामेटरीलगायतका तत्व हुने गर्छन् । जसले हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्नमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । त्यतिमात्र नभएर लसुनले ग्यास्ट्राइटिसले पेटमा पार्ने असरलाईसमेत कम गर्दै लैजान्छ ।

फाइबरको प्रयोग

ग्यास्ट्राईटिसको समस्या समधानमा फाइवरयुक्त खानाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्ता प्रकारका खानाले पाचन पक्रियासम्बन्धि समस्यालाई पनि निराकरण गर्ने विभिन्न अध्ययनले देखाएका छन् । हार्बड स्कुल अफ पब्लीक हेल्थको खोजअनुसार बढी फाइबर भएका खानाको सेवन गर्दा अल्सरको सम्भावना ६० प्रतिशतले कमी भएर जाने गर्छ । अल्मोण्ड, आँटा, ब्राउन राइस, चिया सिड, आलस, पानीमा भिजाइएको गेडागुडी, टुसा उमारिएको गेडागुडी, फलफूल, सागसब्जीलगायतका खाद्यपदार्थमा फाइवरको मात्रा बढी हुने गर्छ ।

स्वस्थकर प्रोटिन

प्रटिनयुक्त खानाको प्रयोगले मात्र ग्यासट्राईटिसको समस्या समाधान हुँदैन । हर्मोन र एन्टीवायोटिक वढी प्रयोग गरिएको मासुबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिदैन । यस्ता प्रोटिनले ग्यास्ट्राइटिसको असरलाई झन बढाउने काम गर्छर् । घाँस खुवाइएको पशु, खुला पालिएका कुखुराको मासु, खोर वाहीरको अण्डा, गेडागुडी, स्पाइरुलिना आदिबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिन्छ ।

स्वस्थकर फ्याट

बढी तताइएको तेलयुक्त खानेकुराहरु जस्तो की ससेज, आलु, चिप्स, समोसा, जुलेवी र मासुमा पाइने वोसोलाई अस्वस्थकर फ्याटको रुपमा लिइन्छ ।

यस्ता प्रकारका फ्याटलाई सकेसम्म आफ्नो दैनिकीबाट टाढा राख्न जरुरी हुन्छ । त्यसको सट्टामा उमेगा ३ फ्याटी एसीडको प्रयोग गर्न सकिन्छ । जुन स्वस्थकर फ्याट हो । यसको दिनहु सेवनले ग्यास्ट्राइटिसको असर विस्तारै कम भएर जाने गर्छ । माछाको तेल, अल्मोण्ड, काजु, एभोकाडो, आलस, चिया सिडआदिबाट उमेगा ३ प्राप्त गर्न सकिन्छ । नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व