निद्रा नलाग्ने समस्या अहिले व्यापक छ । राति राम्ररी सुत्न नसक्ने मानिसहरूले धेरै छन् । यसकारण दिनभरि थकाइ लाग्ने, टाउको दुख्ने, तनाव र चिढिने समस्या आइलाग्छन् । निद्रा ल्याउन मानिसहरू औषधिको सहारा लिन्छन् जसका कारण फाइदाभन्दा बढी नोक्सानी हुन्छ । तपाईंलाई पनि अनिद्राको समस्या छ भने यी घरेलु उपाय अपनाउनुस् ।
जीरा
केराको पेस्ट बनाएर त्यसमा एक चम्चा जीरा हाल्नुस् । अनि राति सुत्नुअघि यसको सेवन गर्नुस् । यसले तपाईं राम्रो निद्रा दिलाउँछ ।
जाइफल
आधा चम्चा जाइफलको धूलो एक गिलास तातो दूधमा हालेर पिउनुस् । राति सुत्नुअघि यसो गर्दा तपाईंलाई फाइदा हुन्छ।
केसर
एक कप तातो दूधमा अलिकति केसर हालेर राति सुत्नुअघि पिउनुस् । यसले पनि राम्रो निद्रा लगाउँछ।
क्यामोमाइल चिया
प्रत्येक रात सुत्नुअघि क्यामोमाइल चिया पिउनुभयो भने पनि अनिद्राको समस्या भाग्छ।
स्याउको चूक अमिलो
दुई चम्चा स्याउको चूक अमिलो र महलाई तातो पानीमा मिसाएर पिउँदा पनि फुस्स निदाउन सक्नुुहुन्छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post