विश्व नारी दिवस को अवसरमा रमेश भण्डारी आँसु द्वारा रचित डेउडा कोशेली यस प्रकार रहेका छन् ।
१-घुमि घुमी नारि दिवश, आङनमा आइग्यो ।
नारिको अधिकार शासन , दिन दिनै बाइग्यो।।
२-नारि हुन श्रृष्टि की खानी, सभ्यताकी साथ ।
नारि हुन लक्ष्मि माता, हाँसो दिन्या गाथ ।।
३-दिदि बैनी इजु आमा, चेली प्यारी नारि ।
ऐल फुल सुक्याको जसो, येइ बगैचा बारी ।।
४-नारि मैला चेली बैना, संसारै चिनाउन्या ।
ऐलत नारिका लागी, हक् भयो घिनाउन्या ।।
५-भगवती काली देवी, सरस्वती माता ।
नारि हुन सङ्घर्षिला, नारि जन्म दाता ।।
६-नारि हुन फुल्भाड़ीमा, मल्जलकी खानी ।
नारि हुन मेहनतकी, बगिरन्या पानी ।।
७-नौ मैना गर्भमा बोक्क्या, दस् धारा दुधका ।
नारि हुन भग्वानहै ठुला, सर्बै सपुतका ।।
८-नारि हुन घरकी लक्ष्मी, अद्दू सो भरम ।
नारि बिना अशुद्ध घर, हिन्दुका धरम ।।
९-नारि हुन हिम्मतकी खानी, कष्टकारि सरी ।
नारि हुन् देउताहै ठुली, धर्मै संसार भरी ।।
१०-जै ठौर नारिको बास, जैका सङ्ङ साथ ।
भली कर्म हिन्दु धर्म, भन्छ ईती हाँस ।।
११-ठौर ठौर नारि मैला, हेपीयाकी छन ।
अशान्ति असत्य तल, चेपीयाकी छन ।।
१३-नारिका अधिकार जति, लेखीयाका छन ।
हालत दर्पण बठै, धेकीयाका छन ।।
१४-माइती घर इजा बाबा, पराइ घर सासु ।
नारिकि सत्तुर जसा, आँखा भरी आँसु ।।
१५-चेलाकी स्कुल खाली, चेलिकि लाइ बन ।
स्वार्थमा डुब्याको दुनीया, स्वार्थी सब्को मन ।।
१६-चेलाकी किताब कापी, चेली जेउड़ा जाल ।
धन्यहो मनुष्य मन, धन्य मया जाल ।।
१७-सहर नाइ होलो इत्ती, गाउँघरमा बर्ती ।
चेलीकी सोत्तर डाली, सयानाकी अर्ती
।
१८-कब् सम्म हो नारिनले, हेपीएर बस्सु ।
उठ नारि सम्मान ब्यवहार, पाउनाइ कम्मर कस्सु ।।
१९-कोई नारिले आफ्ना अधीकार, नजाण्यालै छन ।
घर्घरहै राष्ट्र सम्म, भन नारी भन ।।
२०-नाबालिका बलत्कार, अकालै मद्दुभ्यो ।
येइ देशमा बाटा घाटा, हीट्टाइलै डद्दुभ्यो ।।
२१-कबहो शुरक्षा सब्की, एक् नासको हुन्या ।
को जन्मलो नारि दुख, धेकी धेकी रुन्या ।।
२२-मौ परिवार पुइ समाज, पुराइ देश बठै ।
नारिकि दुर्ब्यबहार हुन्या, स्वार्थ भेष बठै ।।
२३-पुरुसलाइ जती शिक्षा, दिय नारि लाइलै ।
हे भमौरा डाणा छाड़ी, हेर बारीलाइलै ।।
२४-मौ समाज्ले नारि पुरुष, सम्मान हेरी दिय ।
स्वार्थी मन पापि पेट, आब फेरी दिय ।।
२५-तेल बिना दिया बातो, काँइ बल्याको छकी ।
उसोई घरबार नारि बिना, काँइ चल्याको छकी ।।
२६-कै ठौर छन चेली बैना, काम न लागन्या ।
एक्कैको मन्मर्जी भया, क्या देश जागन्या ।।
२७-नारि पुरुष दुइ पक्षकी, सम्मान ब्यवहार होइझाउ ।
मौ समाज राष्ट्रै सम्म, सब्को मन रोइझाउ ।।
२८-सबैमा एक् रूपता होईझाउ, बलीयो रौ भावना ।
नारि दिवश अठहत्तरको, छ भली कामना ।।
✍️ रमेश भण्डारी (आँसु)
मेलौली नगरपालीका ०४ तीताबै बामूनी बैतडी









Discussion about this post