कैलाली – जिल्लाको जंगलमा एक युवतीको शव फेला परेको छ। आइतबार जिल्लाको घोडाघोडी नगरपालिका १ बेलार बस्ने ४० वर्षीया रबिना कठरियो शव फेला परेको हो।
माइती घर बस्दै आइरहेकी उनको शव घर नजिकैको जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए।
‘घाँस काट्न गएकी उनी मृत अवस्थामा फेला परेकी थिइन्। बाहिरी चोटपटक केही देखिएको छैन। हामीले शव परीक्षणका लागि टीकापुर अस्पताल पठाएका छौं’ उनले भने।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post