साताको छै्रटौँ दिन अर्थात आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post