भीमदत्त राजमार्गमा एक पुरुषको शव फेला परेको छ। डोटी र डडेल्धुराको सीमानामा पर्ने गोगनपानीमा पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त शव केही दिनदेखि बेपत्ता रहेका डडेल्धुराका पुरुषको भएको बुझिएको छ। ‘हाम्रो प्रहरी टोली घटनास्थलमा गएको छ,’ जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘अहिले नै सम्पूर्ण विवरण आएको छैन।’
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post