साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ केही बढेको छ । सोमबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post