आज नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले घटेको हो।
महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो।
त्यसअघि सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ घटेर तोलाको ४ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।










Discussion about this post