Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (0.5590278, 0.5590278); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (200, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

भारतले नेपाली चिया निर्यातमा अवरोध गरेपछि झापाका चिया उद्योग तथा बगान पनि भोलिदेखि बन्द हुने भएका छन्। समस्या समाधानका लागि सरकार र भारतीय पक्षबाट कुनै ठोस पहल नभएको भन्दै उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन्।

नेपाल चिया उत्पादक सङ्घले आज झापामा पत्रकार सम्मेलन गर्दै निर्यात प्रभावित भएपछि उद्योग सञ्चालन गर्न कठिन भएको जनाएको छ। सङ्घका अनुसार इलामका ५० भन्दा बढी अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि नै बन्द भइसकेका छन्।

झापामा रहेका साना–ठूला गरी ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगान बन्द हुने तयारीमा छन्। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया उत्पादन हुने गर्दछ।

चिया उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक, कर्मचारी र किसान आश्रित रहेको बताइएको छ। निर्यात हुन नसकेर चिया थन्किँदा श्रमिकको ज्याला तथा किसानलाई हरियो चियापत्तीको भुक्तानी गर्न समेत समस्या भएको व्यवसायीहरूको भनाइ छ।

पत्रकार सम्मेलनमा नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले विगत ४५ दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। सम्बन्धित निकायसम्म आफ्ना समस्या पुर्‍याउनसमेत कठिन भएको उल्लेख गर्दै उनले उद्योग र बगान बन्द गर्नुको विकल्प नरहेको बताए।

यसैबीच, नेपाली कांग्रेसका सचेतक निश्कल राईले नेपाली चियाको तेस्रो मुलुकमा निर्यात सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा अवरोध सिर्जना गरेको आरोप लगाए।

राईले चिया उद्योग बन्द हुँदा हजारौं श्रमिक र किसान प्रभावित भएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
इन्धनको भाउ यथावत्
अर्थ/ब्यापार

इन्धनको भाउ यथावत्

असार २, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो
अर्थ/ब्यापार

सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व