Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम :निरन्तर सावधानी अपनाउन आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ १६, आईतवार २१:२९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताए । ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने आवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरे ।

 

डा. पौडेलले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकोले ओमिक्रोन कमजोर भयो डेल्टा भेरियन्टलाई बिस्थापित ग¥यो भनेर ढुक्क हुन नसकिने बताए ।
विश्वव्यापी रुपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सिमित रहने तथ्य स्पष्ट भइनसकेको उनले बताए । अर्को भेरियन्ट यो भन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाइ छ ।

उनले भने

‘विश्वव्यापी तथ्यांकहरुले ओमिक्रोन एकदमै छिटो विगत दुई महिनाको अवधिमा संसारका अधिकांश मुलुकमा फैलिएको र डेल्टालाई विस्थापन गरेको भन्ने जुन तथ्य छ । त्यो सँगसँगै हामीले के बुझ्नुपर्छ भने ओमिक्रोनको नाममा डेल्टालाई विस्थापन गरेपनि यो भाइरस जति धेरै फैलिन्छ, जतिधेरै स्थानमा, धेरै व्यक्तिहरुमा पुग्छ, नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ । जस्तो डेनमार्कको पछिल्लो अध्ययन हामीले हे¥यौँ भने यसको पनि सबलिनियज विकास भइसकेको भन्ने छ । किनभने भाइरस निरन्तर विकास भइराख्ने हुने हो । आफ्नो सर्भाइभलको लागि यसले आफ्नो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन गर्छ । त्यो हिसाबले ओमिक्रोन भन्दा पछि आउने भेरियन्ट दुईवटा प्रकारका हुनसक्छन् ।

एउटा यो भन्दा जटिल हुनसक्छ । कडा हुनसक्छ । अथवा यो भन्दा कमजोर हुनसक्छ । कमजोर हुँदै गयो भने त हामीले सोच्या जस्तै भयो । तर अहिलेकै अवस्थामा कसैले पनि ग्यारेन्टी साथ यो पछि आउने भेरियन्ट यो भन्दा कमजोर नै आउँछ भन्ने ग्यारेन्टी दिन सक्ने अवस्था छैन । त्यसकारण विश्व स्वास्थ्य संगठनले पनि यो एन्ड अफ प्यान्डामिक भन्ने बेला भएको छैन । जोखिम कायम नै छ । नयाँ नयाँ भेरियन्ट आउने जोखिम कायमै छ भनिरहेको अवस्था छ । बास्तवमा यथार्थ पनि यही नै हो । ओमिक्रोनमै गएर यो महामारी सिमित हुन्छ भन्ने तथ्य अझै स्पष्ट भइसकेको छैन । नयाँ भेरियन्ट यो भन्दा आक्रामक भएन भने त्यसले फेरी ओमिक्रोन रिप्लेश गर्न सक्दैन । त्यसकारण यसलाई रिप्लेश गर्न यो भन्दा आक्रामक नै आउनुपर्छ । यो भन्दा कमजोर आयो भने त हामी सबैले सोचेको जस्तै भयो, महामारीले धेरैलाई दुःख नदेला भन्ने सकारात्मक सोच मात्रै हो । तर भाइरसले कस्तो रुप लिन्छ भन्ने भविष्यको गर्भमै छोडौँ र हामी सचेत रहौँ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख पौडेलले अहिले ८७ हजार जना हाराहारीमा संक्रिय संक्रमित रहँदा संस्थागत आइसोलेशनमा करिब १२ सय जनामात्र रहेको र अन्य संक्रमित घरमै आइसोलेसनमा बसिरहेको बताए ।

हाल दैनिक २०० जना हाराहारीको संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नु परेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टीलेटर आवश्यक परेको उनले जानकारी दिए । यस्तै जनवरी महिनाको अन्तिम अर्थात माघ महिनाको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको डा. पौडेलले जानकारी दिए ।

(ratopati.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ १६, आईतवार २१:२९
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०७८ माघ १६, आईतवार २१:२९
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०७८ माघ १६, आईतवार २१:२९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ माघ १६, आईतवार २१:२९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ १६, आईतवार २१:२९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ १६, आईतवार २१:२९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ १६, आईतवार २१:२९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ १६, आईतवार २१:२९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ १६, आईतवार २१:२९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व