Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डोटी जिल्लामा रुघाखोकी र ज्वरोका बिरामी बढे

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ६, २०७८
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

डोटी– जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनकमा बिरामीको चाप बढ्दै गएको छ ।

यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए । उनले भने, “चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँको सङ्ख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ ।”

रुघाखोकी तथा ज्वरो भएका बिरामीले पिसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै यहाँका गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पिसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यसैगरी जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए ।उनका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ५० देखि ६० जनाजम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् ।गाउँघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छाएको जोरायल गाउँपालिका ५ गड्सेरा स्वास्थ्यचौकीका अनमी विद्यी भण्डारीले बताइन् । उनले भने, “गाउँ–गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढी छन्, कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छ, जाँच कसैले गर्दैनन् ।”

जिल्लामा केही दिन यतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् । चिसो मौसम सुरु भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ । जिल्लामा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना सङ्क्रमण पनि बढ्दै गएका खबरले यहाँका नागरिकमा चिन्ता छाएको बताइएको छ । गोदावरी न्युज बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
डोटी

वर्षाका कारण डाेटीका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध

साउन १५, २०८०
डोटी

डोटीकाे मौवामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते

असार २८, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व