साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ झन् ओरालो लागेको छ।
शुक्रबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको भाउ आज सोमबार भने ३०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्तालाई जानकारी दिएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ घटे भएसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार २२५ मूल्यमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post