Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको दशौँ गाउँ सभा (हिउँदे अधिवेशन)

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको दशौँ गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । गाउँपालिकाको सभा कक्षमा मंगलबार आयोजित हिउँदे अधिवेशनबाट चालु आर्थिक वर्षको हालसम्म कार्यपालिकाले गरेका निर्णयहरू अनुमोदन, विभिन्न योजना तथा कार्यक्रम हेरफेर र गाउँपालिका भित्रका अति महत्त्वपूर्ण योजनाहरू प्राथमिकीकरण गरी प्रदेश र सङ्घीय सरकार तथा आयोग समक्ष माग गर्ने प्रस्तावहरूको विषयमा छलफल गरी पारित गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले बताउनु भयो ।

 

सभाबाट समपूरक तर्फ विभिन्न सडक खण्ड, पुल तथा अन्य भौतिक संरचना निर्माणका लागि प्रस्ताव गरी प्रदेश र सङ्घीय सरकार तथा राष्ट्रिय योजना आयोग समक्ष पठाउने निर्णय गरिएको छ । त्यस्तै, आरक्षपीडित तथा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको व्यवस्थापन, बेलडाँडीमा वाणिज्य बैङ्कको शाखा सञ्चालन, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसलाई नियमित अनुदान, विभिन्न सडक, पुल तथा नाला निर्माण, आदिवासी सङ्ग्रहालयको सञ्चालन तथा व्यवस्थापन, हात्ती सहित जङ्गली जनावरहरूको आतङ्क नियन्त्रण तथा क्षतिपूर्ति र केही वडाहरू विभाजनका लागि समेत सम्बन्धित निकायमा माग गर्ने भन्ने विषयमा सभासद्हरूबाट प्रस्तावहरू प्राप्त भएको बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले बताउनु भयो । प्राप्त प्रस्तावहरू र योजनाहरू सम्बन्धित निकाय समक्ष पेस गर्ने र सल्लाह सुझावहरू कार्यान्वयन गर्दै जाने उहाँको भनाइ छ ।

 

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको सभाध्यक्षतामा आयोजित हिउँदे अधिवेशनमा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्की, ५ वटै वडाहरूका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू तथा अधिकांश वडा सदस्यहरू सभासद्को रूपमा उपस्थित हुनुभएको थियो । जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य गुड्डी नेपालीको विशेष आतिथ्यमा सञ्चालित गाउँ सभा (हिउँदे अधिवेशन) मा बेलडाँडी गाउँपालिका भित्र सञ्चालित ३ वटै सञ्चार गृह (एन.बी. मिडिया नेटवर्क, बेलडाँडी पोष्ट साप्ताहिक र कञ्चनपुर खबर साप्ताहिक) का सञ्चालकहरू र बेलडाँडी गाउँपालिका कार्यालय तथा मातहतका शाखाहरूमा कार्यरत कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । अधिवेशनको सहजीकरण बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी महेश खत्रीले गर्नु भएको थियो । हरिश्चन्द्र बागले नेपालबोध डटकममा लेखेका छन्

 

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

बैशाख १०, २०८३
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

बैशाख ६, २०८३
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

चैत्र २८, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व