सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको दशौँ गाउँ सभा (हिउँदे अधिवेशन)

230
Sana Kishan

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको दशौँ गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । गाउँपालिकाको सभा कक्षमा मंगलबार आयोजित हिउँदे अधिवेशनबाट चालु आर्थिक वर्षको हालसम्म कार्यपालिकाले गरेका निर्णयहरू अनुमोदन, विभिन्न योजना तथा कार्यक्रम हेरफेर र गाउँपालिका भित्रका अति महत्त्वपूर्ण योजनाहरू प्राथमिकीकरण गरी प्रदेश र सङ्घीय सरकार तथा आयोग समक्ष माग गर्ने प्रस्तावहरूको विषयमा छलफल गरी पारित गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले बताउनु भयो ।

 

सभाबाट समपूरक तर्फ विभिन्न सडक खण्ड, पुल तथा अन्य भौतिक संरचना निर्माणका लागि प्रस्ताव गरी प्रदेश र सङ्घीय सरकार तथा राष्ट्रिय योजना आयोग समक्ष पठाउने निर्णय गरिएको छ । त्यस्तै, आरक्षपीडित तथा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको व्यवस्थापन, बेलडाँडीमा वाणिज्य बैङ्कको शाखा सञ्चालन, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसलाई नियमित अनुदान, विभिन्न सडक, पुल तथा नाला निर्माण, आदिवासी सङ्ग्रहालयको सञ्चालन तथा व्यवस्थापन, हात्ती सहित जङ्गली जनावरहरूको आतङ्क नियन्त्रण तथा क्षतिपूर्ति र केही वडाहरू विभाजनका लागि समेत सम्बन्धित निकायमा माग गर्ने भन्ने विषयमा सभासद्हरूबाट प्रस्तावहरू प्राप्त भएको बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले बताउनु भयो । प्राप्त प्रस्तावहरू र योजनाहरू सम्बन्धित निकाय समक्ष पेस गर्ने र सल्लाह सुझावहरू कार्यान्वयन गर्दै जाने उहाँको भनाइ छ ।

 

Arus
Karnali Traders

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको सभाध्यक्षतामा आयोजित हिउँदे अधिवेशनमा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्की, ५ वटै वडाहरूका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू तथा अधिकांश वडा सदस्यहरू सभासद्को रूपमा उपस्थित हुनुभएको थियो । जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य गुड्डी नेपालीको विशेष आतिथ्यमा सञ्चालित गाउँ सभा (हिउँदे अधिवेशन) मा बेलडाँडी गाउँपालिका भित्र सञ्चालित ३ वटै सञ्चार गृह (एन.बी. मिडिया नेटवर्क, बेलडाँडी पोष्ट साप्ताहिक र कञ्चनपुर खबर साप्ताहिक) का सञ्चालकहरू र बेलडाँडी गाउँपालिका कार्यालय तथा मातहतका शाखाहरूमा कार्यरत कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । अधिवेशनको सहजीकरण बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी महेश खत्रीले गर्नु भएको थियो । हरिश्चन्द्र बागले नेपालबोध डटकममा लेखेका छन्

 

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.