Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा बढ्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २०, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै चितवनसहित तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिराले जनजीवन कष्टकर बन्दै गएको छ । भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा. प्रशन्न नापेले चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।

जाडो महिनामा विशेषगरी मानव छालामा पानीको मात्रामा कमी हुने, छाला सुक्खा हुनेहुँदा छालासम्बन्धी समस्या देखापर्ने गरेको डा नापेले बताए । “छालामा हुने सुक्खापनका कारण सोरायसीस, इथायसीसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी मात्रामा देखिने गरेको छ”, डा नापेले भने, “चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या देखिने गरेको छ ।” चिसोको कारण एलर्जी देखिनेलाई नापेले चिसोबाट जोगिन सुझाव दिए ।

चिसोको एलर्जी हुने मान्छेले पञ्जा लगाएर काम गर्नुपर्ने डा नापेको सुझाव छ । छालामा सङ्क्रमण देखिएको अवस्थामा उपचार गर्नुपर्ने, आफैँले जथाभावी औषधि प्रयोग गर्नुभन्दा पनि छालारोग विशेषज्ञलाई देखाउनुपर्ने डा नापेको भनाइ छ । चिसोमा छालामा देखिने सोरायसी भन्ने रोग बल्झिन पनि सक्ने भएकाले चिकित्सकलाई देखाएरमात्रै औषधि सेवन गर्न डा नापेले सल्लाह दिए ।

भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा शशि हिराचनले जाडोमा शरीरलाई चिल्लो पार्न भन्दै तोरीको तेल लगाउने प्रचलन भएको उल्लेख गर्दै तोरीको तेलभन्दा नरिवलको तेल प्रयोग गर्नु उपयुक्त हुने बताउनुभयो । जाडोका कारण मानिसको छालामा समेत टिबी रोग लाग्ने भन्दै वरिष्ठ छालारोग विशेषज्ञ डा हिराचनले टिबीका कारण मानिसको सबै अङ्गमा प्रभाव पर्न सक्ने बताए । छालामा देखिने टिबी पुरानो खालको दादजस्तो देखिने भएकाले त्यसको बायोप्सी परीक्षण गर्नुपर्ने डा हिराचनले बताए ।

“छालामा देखिने पुरानो दादजस्तो रोग टिबी हुनसक्छ”, डा हिराचनले भने, “त्यो कस्तो प्रकारको रोग हो भनेर बायोप्सी गरेपछि मात्रै थाहा हुन्छ, जथाभावी औषधि सेवन गर्ने र लगाउने गर्दा त्यसले असर गर्नसक्छ ।” छालामा देखिएको दादजस्तो भागको वरिपरि बिबिरा आएर बढ्दै जाने अवस्थाको रोग छालाको टिबी हुनसक्ने डा हिराचनको भनाइ छ । “छालामा पुरानो खालको दादजस्तो छ भने त्यतिकै घर नबसौँ, छालाको टिबी पनि हुनसक्छ”, डा हिराचनले भने, “अस्पतालमा गएर छालारोग विशेषज्ञलाई देखाएपछि रोगबारे थाहा हुन्छ, उपचारपछि रोग निको पनि हुन्छ ।”

चिसो मौसममा विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगको सङ्क्रमण देखिने गरेको छ । चिसोले गर्दा श्वासप्रश्वाससहित जण्डिस, एलर्जी, नाक बन्द हुनेसहितका दीर्घरोगीसमेत बढ्ने गरेका छन् । पछिल्लो समय विशेषगरी चिसोकै कारण रक्तचापका बिरामी बढेका भरतपुर अस्पतालका अध्यक्ष वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले बताए ।

कोभिडको त्रासका कारण धेरै मानिस घरभित्रै बस्ने, खानपान बढी हुने, नुनिलो र चिल्लो पदार्थ बढी सेवन गर्ने तथा व्यायामका लागि बाहिर ननिस्कने कारण उच्च रक्तचाप र मधुमेहका बिरामी बढ्दै गएका डा अधिकारीले बताए । आफ्नो वातावरणलाई सुधार गर्दै तातो र झोलिलो पदार्थ सेवन बढाएमा चिसोका कारण हुने विभिन्न रोगबाट जोगिन सकिने अधिकारीले बताए । अरू बेलाभन्दा शरीरको प्रतिरोध क्षमता जाडोमा कमजोर हुने र कम घाम लाग्ने भएकाले शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने अधिकारीको सुझाव छ । उपहार खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व