सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नर्भस किन भइन् आलिया

मुम्बई : अभिनेत्री आलिया भट्टले बलिउडमा निकै हिट फिल्म दिएकी छिन्। तर आफ्ना पिता महेश भट्टका साथ फिल्ममा सुटिङ गर्दा पटकपटक नर्भस भएकी छिन्। फिल्म ‘सडक–२’ को सुटिङको क्रममा पनि उनी नर्भस भएको खुलासा गरेकी छिन्।

आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै मेसेज लेखेकी छिन् कि उनी पिता महेश भट्टका साथ काम गर्दै गर्दा नर्भस भएकी छिन्। सुटिङको पहिलो दिनको पहिलो दृश्यको क्ल्याप देखाइएको तस्बिर अपलोड गर्दै उनले लेखेकी छिन्, ‘यो क्ल्याप समात्ने मेरा पिता हुन् र अब मेरा डाइरेक्टर पनि।’

फिल्मको आगामी दिनको सुटिङबारे उनलाई कस्तो अनुभूति भइरहेको छ भन्ने प्रश्नमा आलियाले भनिन्, ‘साँच्चै भनु भने म धेरै नै नर्भस छु।’ आलिया भन्छिन्, ‘मलाई सानो मुसाजस्तो महसुस भइरहेको छ, जो राम्रो ठूलो पहाडमा पर चढ्न कोसिस गर्दैछ।’

आलिया अगाडि भन्छिन्, ‘मलाई आशा छ, म शिखरमा पुग्नेछु। यदि लडे भने पनि उभिन सकुँ। शिखर चढ्नु गाह्रो काम हो। तर मैले जे देखेको छु, सुनेको छु, त्यसले मेरा हरेक हर कदम व्यर्थ जाने छैन।’ फिल्म ‘सडक–२’ मा आलिया भट्टका साथ आदित्य राय कपुर, सञ्जय दत्त तथा पूजा भट्ट पनि मुख्य भूमिकामा छन्। एजेन्सी

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.