सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पार्कमै सुत्न चाहन्थिन् तापसी

मुम्बई तापसी पन्नु र विक्की कौशलले फिल्म ‘मनमर्जियाँ’ मा एकसाथ काम गरिसकेका छन्। यो फिल्मको सुटिङको क्रममा तापसी र विक्कीको गहिरो सम्बन्ध कायम भएको थियो। हालै तापसीले यो फिल्मसँग जोडिएका अनुभव सार्वजनिक गरेकी छन ्।

तापसीले यो फिल्मसँग जोडिएको पुरानो किस्सा स्मरण गर्दै भनिन्, ‘फिल्मको समापन पार्टीमा विक्की र मैले धेरै मदिरा पिएका थियौं। दुबैलाई नशा लागेको थियो। नशामा गार्डेनमा लडेका थियौं। त्यो दिन म पार्कमा सुत्न चाहन्थेँ।’

विक्कीले भने, ‘म होटलको गार्डेन क्षेत्रमा थिएँ। हामी सुटिङका लागि त्यहाँ बसेका थियौं। त्यो रात तापसी नशामा थिइन् र त्यही सुत्न चाहन्थिन्।’
मनमर्जिया २०१८ मा आएको फिल्म हो जसमा त्रिकोणीय प्रेमकथामा प्रस्तुत गरिएको थियो। फिल्ममा तापसी, विक्कीको साथमा अभिषेक बच्चन लिड रोलमा थिए। फिल्म अनुराग कश्यपले निर्देशन गरेका हुन्। एजेन्सी

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.