Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) बाट प्राप्त रकम ११ स्थानीय तहका प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० परिवारलाई पनि तीन दिनभित्र सहायता उपलब्ध गराउने सरकारको तयारी छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गर्ने र तीन वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको बताएका छन्।

रसुवा, नुवाकोट, गोरखा र धादिङका ५ हजार ११६ परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गरिने उनको भनाइ छ।

सरकारले बाढीपीडित परिवारलाई पाँच महिनासम्म मासिक १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि मासिक दुई हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइनेछ।

यसैबीच, रसुवाको टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फूर्वु दोर्जेले बाढीमा १० विद्यार्थी बेपत्ता भएको र विद्यालय भवन पूर्ण रूपमा नष्ट भएकाले पठनपाठन सञ्चालनमा अन्योल रहेको बताएका छन्। पत्रकार निराजन पौडेलले पनि बाढीमा परिवारका पाँच सदस्य गुमाउँदासमेत ५० दिन बितिसक्दा राहत नपाएको गुनासो गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल
फ्ल्यास हेडिङ

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

अशोज २९, २०८३
ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन
विश्व

ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

अशोज २९, २०८३
बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
कला/संस्कृति

बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

अशोज २९, २०८३
ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

अशोज २९, २०८३
बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

अशोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता

अशोज २९, २०८३
विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

अशोज २९, २०८३
सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

अशोज २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व