काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालमा हालै भएका क्षति तथा आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल हुने भएको छ।

संघीय संसद्अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक असोज २९ गते बिहीबार दिउँसो १ बजे बस्ने तय भएको छ।
बैठकमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभावबाट नेपालमा भएको गम्भीर क्षतिको समीक्षा गर्नुका साथै आगामी जलवायु सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक प्रवर्द्धनका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
समितिले बैठकमा सहभागी हुन समिति सदस्य तथा सम्बन्धित सरोकारवालालाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ।










Discussion about this post