Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २९, २०८३
सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ। महायज्ञमा पाँच करोड दीप प्रज्ज्वलन, विशाल धनधान्याचल स्थापना, शास्त्रपारायण, धार्मिक प्रवचन तथा विशेष पितृ उद्धार अनुष्ठानलगायतका कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन्।

अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्संकल्पमा आयोजना हुन लागेको महायज्ञको उद्देश्य सनातन धर्म, वैदिक सभ्यता, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको प्रचारप्रसार समितिका संयोजक अच्युतकृष्ण शरणले जानकारी दिए।

महायज्ञमार्फत श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन तथा आध्यात्मिक विषयको अध्ययन र अनुसन्धान विस्तार गर्ने लक्ष्य राखिएको छ। दीर्घकालीन रूपमा नमुना वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यसमेत महायज्ञसँग जोडिएको छ।

विशाल धनधान्याचल र शास्त्रपारायण मुख्य आकर्षण

महायज्ञमा विशाल धनधान्याचल तथा अष्टाचल स्थापना गरिनेछ। धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना रहेको आयोजकले जनाएको छ। धनधान्याचललाई मेचीदेखि महाकालीसम्मका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराएपछि महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिनेछ।

अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायतका अन्न अर्पण गर्न सकिने व्यवस्था मिलाइनेछ। श्रद्धालुले घरमा उपलब्ध अन्नसमेत महायज्ञमा अर्पण गर्न सक्नेछन्।

महायज्ञ अवधिभर चार वेद, उपनिषद्, १८ पुराण, वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्रको पाठपारायण गरिनेछ। साथै श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र रामायणको सहस्रावृत्ति पारायण तथा गोवंश संरक्षण र समृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना गरिने कार्यक्रम छ।

धार्मिक प्रवचन, योग–ध्यान र पाँच करोड दीप प्रज्ज्वलन

महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् र विदुषीबाट शास्त्रीय प्रवचन प्रस्तुत गरिनेछ। धार्मिक कलाकारबाट भजनकीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ।

यसैगरी सयौँ गौमाताको सामूहिक पूजन, श्रीशालिग्राम तथा गण्डकी पूजन, एक हजार आठ कन्या र बटुकको पूजन तथा दैनिक योग र ध्यान शिविर सञ्चालन गरिनेछ। महायज्ञमा पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्यसमेत राखिएको छ।

नेपालका जलसम्पदा, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको महत्त्व र देशको मौलिक सभ्यताबारे प्रवचन तथा विमर्श पनि गरिनेछ। यसबाट नेपालको धार्मिक तथा आध्यात्मिक परम्परालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ।

घरघरबाट एक मुठी चामल अर्पण गर्न आह्वान

आयोजकले श्रद्धालुलाई दैनिक एक मुठी चामल छुट्टै भाँडो वा झोलीमा सङ्कलन गर्न आह्वान गरेको छ। सङ्कलन गरिएको प्रत्येक दानालाई श्रद्धापूर्वक ‘श्रीराम’ नाम मन्त्रद्वारा अभिमन्त्रित गरी महायज्ञस्थलमा अर्पण गर्न सकिनेछ। उपस्थित हुन नसक्ने श्रद्धालुले प्रतिनिधिमार्फत पनि चामल पठाउन सक्नेछन्।

श्रद्धालुबाट सङ्कलित चामल महायज्ञ अवधिभर भगवान्लाई खीरको भोग अर्पण गर्न तथा हवनसम्बन्धी कार्यमा प्रयोग गरिनेछ। साथै घरआँगन वा मठमन्दिरमा रहेको तुलसीको मठ तथा परम्परागत पितृघरको माटोसमेत श्रद्धापूर्वक ल्याई अर्पण गर्न अनुरोध गरिएको छ।

प्राकृतिक विपद्मा ज्यान गुमाएकाको स्मृतिमा पितृ उद्धार अनुष्ठान

महायज्ञमा भोटेकोशी बाढी तथा नेपालमा विभिन्न समयमा भएका भूकम्प, बाढी, पहिरोलगायतका प्राकृतिक विपद् र अन्य कारणले असामयिक निधन भएका व्यक्तिको सद्गति, चिरशान्ति र परम कल्याणको कामनासहित विशेष पितृ उद्धार अनुष्ठान आयोजना गरिनेछ।

वैदिक विधि र परम्पराअनुसार तर्पण, होम, पिण्डदान तथा अन्य धार्मिक अनुष्ठान सम्पन्न गरिने आयोजकले जनाएको छ।

दिवंगत परिवारजन तथा आफन्तका नाममा संकल्प गराउन चाहने व्यक्तिले मृतकको फोटो र मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिसँग समन्वय गरी उपलब्ध गराउनुपर्नेछ। आयोजकले यस पुण्यकार्यमा सहभागी भई दिवंगत पितृ तथा आफन्तजनप्रति श्रद्धा अर्पण गर्न सबैमा आग्रह गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता

अशोज २९, २०८३
विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै
खेलकुद

विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

अशोज २९, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध
फ्ल्यास हेडिङ

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता

भोटेकोशी बाढीपीडितलाई राहत र पुनःस्थापनाको तयारी, ४ हजारभन्दा बढी परिवारले पाए नगद सहायता

अशोज २९, २०८३
विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

विश्वकप लिग–२ मा आज ओमान र क्यानडा भिड्दै

अशोज २९, २०८३
सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

अशोज २९, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व