Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २८, २०८३
सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ — सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच बजेट पारित भएसँगै झण्डै तीन महिनादेखिको बजेट शून्यताको अवस्था अन्त्य भएको हो।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो।

बजेट विवाद समाधानका लागि सत्ताको नेतृत्वकर्ता नेकपा बजेट संशोधन, विवादित विषयको छानबिन तथा कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउन सहमत भएपछि बजेट पारित गर्ने प्रक्रिया अघि बढेको थियो।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरेको थियो। तर, सत्ता गठबन्धन परिवर्तन भएपछि बजेट पारित हुन सकेको थिएन। असार २९ गते एमालेको समर्थनमा नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।

प्रदेश सरकारले बजेटको खर्च स्रोतका रूपमा आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ र संघीय रोयल्टी बाँडफाँटबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

त्यसैगरी, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब छ करोड ३३ लाख, अघिल्लो आर्थिक वर्षको विनियोजनबाट बचत हुने नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख, समपूरक अनुदानबाट ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
फ्ल्यास हेडिङ

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

अशोज २८, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक
अर्थतन्त्र

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अशोज २८, २०८३
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र
फ्ल्यास हेडिङ

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

अशोज २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

अशोज २८, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अशोज २८, २०८३
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

अशोज २८, २०८३
पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

अशोज २८, २०८३
ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

अशोज २८, २०८३
सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व