Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २८, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पोखरा — बाढीपहिरोका कारण केही पदमार्ग प्रभावित भए पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन बढेको छ। गत सेप्टेम्बर महिनामा मात्रै यस क्षेत्रमा २१ हजारभन्दा बढी पर्यटकले प्रवेश गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सेप्टेम्बरमा करिब २१ हजार पर्यटक आएका थिए। तीमध्ये करिब १० हजार ७ सय तेस्रो मुलुकका र १० हजार ३ सय सार्क क्षेत्रका पर्यटक थिए। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा बढी रहेको संरक्षण अधिकृत राजन पौडेलले बताएका छन्।

अन्नपूर्ण आधार शिविर र मर्दी हिमाल पदमार्गमा पर्यटकको चहलपहल राम्रो रहेको छ। केही क्षेत्रमा पर्यटकको चाप बढ्दा बास बस्नका लागि कोठा पाउनसमेत कठिन हुने गरेको छ।

यसैबीच, पोखरामा फ्लाइ दुबईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि पर्यटन व्यवसायीमा उत्साह थपिएको छ। असोज ७ गतेदेखि सुरु भएको उडानबाट अहिलेसम्म ३ हजार ११३ जनाले यात्रा गरेका छन्, जसमध्ये २ सयभन्दा बढी विदेशी पर्यटक रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

फ्लाइ दुबईले आगामी वर्षको अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गरिसकेको छ। यसले पोखरामा अन्तर्राष्ट्रिय उडान निरन्तर हुने र विदेशी पर्यटक आगमन बढ्ने आशा पर्यटन व्यवसायीमा जगाएको छ।

यद्यपि, बाढीपहिरोका कारण केही पदमार्गमा समस्या देखिँदा ट्रेकिङ तथा ट्राभल व्यवसाय प्रभावित भएको पर्यटन व्यवसायीले बताएका छन्। मनास्लु क्षेत्रको यात्रा प्रभावित भएपछि केही पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा अन्नपूर्ण क्षेत्र रोज्न सक्ने अनुमान गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त
अर्थतन्त्र

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड
खाेज/विशेष

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता
कृषि

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

बैंकमा पैसा थुप्रियो, उद्योगमा लगानी र रोजगारी विस्तार सुस्त

अशोज २९, २०८३
डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

डिजिटल र सामाजिक सञ्जालका विज्ञापनमाथि कडाइ गर्ने तयारीमा विज्ञापन बोर्ड

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३
दसैं मनाउन गाउँ फर्किनेको लर्को, नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो

दसैं मनाउन गाउँ फर्किनेको लर्को, नयाँ बसपार्कमा यात्रुको चाप बढ्यो

अशोज २९, २०८३
जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

जलवायु परिवर्तनबाट नेपालमा भएको क्षति र कूटनीतिक पहलका विषयमा संसदीय समितिमा छलफल

अशोज २९, २०८३
ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

ग्रिनल्यान्डद्वारा ट्रम्पको तेल र ग्यास उत्खननसम्बन्धी दाबी खण्डन

अशोज २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व