काठमाण्डौ — देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईसहित काठमाण्डौ उपत्यका र देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ। मौसममा सुधार आएसँगै वर्षा हुने क्रम घटेको छ।
आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
शुक्रबार पनि कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।










Discussion about this post