काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो।
मूल्यवृद्धिसँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ४ सय ५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
सुन र चाँदी दुवैको मूल्य बढेसँगै बजारमा बहुमूल्य धातुको कारोबारमा नयाँ मूल्य कायम भएको छ।










Discussion about this post