काठमाण्डौ — अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेलेका छन्। ब्युनर्स आयर्समा भएको बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै मेसीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा टुंगिएको हो।
मेसीको बिदाइ खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गर्यो। खेलमा मेसीले पेनाल्टीमार्फत ७१औँ मिनेटमा गोल गर्दै राष्ट्रिय टोलीका लागि आफ्नो गोल सङ्ख्या १२६ पुर्याए।
अर्जेन्टिनाका निकोलस ओटामेन्डीले ४८औँ र निको पाजले ६१औँ मिनेटमा गोल गरेका थिए। दुवै गोलमा मेसीको भूमिका महत्वपूर्ण रहेको थियो।

मेसीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुने घोषणा गरेका थिए। सन् २०२२ मा कतारमा भएको विश्वकपमा उनकै कप्तानीमा अर्जेन्टिनाले १९८६ पछि पहिलोपटक विश्वकपको उपाधि जितेको थियो।
अर्जेन्टिनाको जर्सीमा सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका मेसीले राष्ट्रिय टोलीका लागि २०८ खेल खेलेका छन्। उनको अन्तिम खेलमा समर्थकहरूले भावुक हुँदै बिदाइ गरेका छन्।










Discussion about this post